गृहपृष्ठ खेलकुद डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग स्तब्ध

डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग स्तब्ध

प्रकाशित मिति:

काठमाडौं। विश्व बिजेता जर्मनीलाई मेक्सिकोले आफ्नो पहिलो खेलमा १-०ले पराजित गरेको छ। सन् २०१४को विश्वकप बिजेता जर्मनी समुह चरणमा आफ्नो पहिलो गेम गुमाउन पुगेको हो ।

खेलको ३५औं मिनेटमा लोजानोले गोल गर्दै मेक्सिकोलाई १-०को अग्रता दिलाएका थिए। उक्त गोल नै मेक्सिकोकालागि ३ अंक प्राप्त गर्न पर्याप्त रह्यो।

खेलमा जर्मनीले ९ पटक मेक्सिकोको पोष्टमा आक्रमण गरेको थियो तर सफलता हात पार्न सकेन भने मेक्सिकोले ४ प्रयासमा १ गोल गरेको थियो।

६१% बल आफ्नो पक्षमा राखेको जर्मनीले गोल भने गर्न सकेन ।

सम्बन्धित् समाचार