
काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा इङ्गल्याण्डले पानामाविरुद्ध गोल वर्षा गरेको छ । इङ्गल्याण्डले पानामाविरुद्ध पहिलो हाफमै ५ गोल गर्यो । विश्वकप संस्करणमा पहिलो हाफ अघि नै यति धेरै गोल गरेको यो पहिलो पटक हो । योसँगै इङ्गल्याण्डले नयाँ रेकर्ड बनाएको छ ।
८ मिनेट जाँदा जोन स्टोन्सले गोल गर्दै इङ्गल्याण्डलाई सुरुवाती अग्रता दिलाए । २२औँ मिनेटमा अग्रपंक्तिका ह्यारी केनले पेनाल्टीमार्फत गोल गरे ।