जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।हत्या गर्नेे बाबु मोहनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जग्गाका विषयमा विवाद भएपछि छोराले अदालतमा बाबुविरुद्ध मुद्दा दर्ता गरेका थिए ।अदालतबाट मुद्दा जितेसँगै छोरा तीरथले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए ।
कपिलवस्तुमा बाबुले गरे छोराको निर्मम हत्या
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआइतवारदेखि वर्षा र हिमपातको सम्भावना
५ घण्टा अघि
यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो
१२ घण्टा अघि
३ महिनामै भित्रियो ५९ करोड बढीको झिलिमिली बत्ती
१२ घण्टा अघि
सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो
१२ घण्टा अघि
आज कपिलवस्तुका ५ स्थानीय तहमा शोक बिदा
१५ घण्टा अघि








