गृहपृष्ठ खबर असार २७ गते तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचन

असार २७ गते तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचन

प्रकाशित मिति:

तौलिहवा उद्योग बाणिज्य संघको  अधिबेशन तथा निर्वाचन असार २७ गते हुने भएको छ । निर्वाचनका लागि अधिवक्ता राजु श्रीवास्तवको संयोजकतत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको संघका अध्यक्ष गयादीन कुर्मीले बताए । निर्वाचन मण्डलका सदस्यहरुमा प्रवीण कुमार श्रीवास्तव र अजय चौधरी रहेका छन् । संघको निर्वाचनको मिति घोषणा भएसंगै निर्वाचनको चलहपलह समेत शु भएको छ । वर्तमान अध्यक्ष गयादीन कुर्मी र धिरज कुमार गुप्ता अध्यक्ष पदका लागि उम्मेदवार हुने संभावना देखिएको छ । यसका साथै वर्तमान कार्य समितिका अधिकांश पदाधिकारी र सदस्यहरु प्यानल सहीत चुनवाी मैदानमा उत्रने संभावना देखिएको छ । आफ्ना केही अधुरा योजनाहरु पुरा गर्न दोस्रो कार्यकालका लागि एक पटक पुन उम्मेदवार हुने वर्तमान अध्यक्ष कुर्मीले बताए ।

सम्बन्धित् समाचार