गृहपृष्ठ खबर एसइईमा जिल्ला उत्तीर्णलाई कपिलवस्तु जेसिजद्धारा सम्मान

एसइईमा जिल्ला उत्तीर्णलाई कपिलवस्तु जेसिजद्धारा सम्मान

प्रकाशित मिति:

कपिलवस्तु जेसिजले एक कार्यक्रमको आयोजना गरी कपिलवस्तु जिल्लामा एसइईमा उत्तीण नतिजा ल्याउने छात्रछात्रालाई सम्मान गरेको छ । जिल्ला प्रथम हुने ज्ञानज्योती शिक्षा सदनका अंकित बेल्बासे, जनता मावि पिपराका कृतिका खनाल र रक्षा खनाललाई जेसिजले सम्मानले गरेको हो । कार्यक्रममा बोल्दै प्रदेश नः ५ का प्रदेश सभा सदस्य बिष्णु पन्थीले शिक्षा क्षेत्रमा बाणगंगा नगरपालिका जिल्लामै अगाडी रहेता पनि दिर्घकालिन योजनाका साथ बिभिन्न निकायसग सहकार्य गरी धेरै काम गर्न भने बाकी रहेको बताएका छन । कार्यक्रममा कपिलवस्तु जेसिजका सस्थापक महासचिव दोलकराम घिमिरे, पुर्व अध्यक्ष राम जि सेन, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी पन्त, रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बासुदेव घिमिरे, प्याप्सन बाणगंगाका अध्यक्ष रोमाकान्त घिमिरे, शिक्षक सगंठन कपिलवस्तुका अध्यक्ष रमेश पन्थी, जेसिज अध्यक्ष सुन्दर पाण्डे, उपाध्यक्ष शंकर प्रसाद न्यौपाने महासचिव गुरुदेव पौडेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रम जेसिज उपाध्यक्ष प्रविण पौडेलको संयोजनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार