गृहपृष्ठ खबर मट्टितेल खन्याएर जिउँदै जलाइएकी युवतीको उपचारका क्रममा मृत्यु । परिवारकै सदस्यले जलाएको आशंका ।।

मट्टितेल खन्याएर जिउँदै जलाइएकी युवतीको उपचारका क्रममा मृत्यु । परिवारकै सदस्यले जलाएको आशंका ।।

प्रकाशित मिति:

असार ९ गते राती अज्ञात समुहबाट जलाइएकी कञ्चन गाउपालिका वडा नं. ५ कि समिक्षा ठकुरीको परिबारले  प्रहरीमा जाहेरी दिएको छ । घटना भएको १३ दिन पछि परिबारले  ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएको हो । असार ९ गते राती ३ बजेको समयमा अज्ञात समुहले समिक्षालाई मट्टितेल खन्याएर जलाएका थिए । लगत्तै उनलाई विहानै लुम्बिनी अञ्चल अस्पतालमा आफन्तले ल्याएका थिए । तर लुम्बिनी अञ्चल अस्पतलले उपचार गर्न नसकिने भन्दै पाल्पा मिसनमा रिफर गरेको थियो । पाल्पामा पनि २ दिन राखेर समिक्षालाई काठमाडौंका किर्तिपुर हस्पिटलमा रिफर गरिएको थियो । तर उनको ९ दिन पछि किर्तिपुर अस्पतालमा मृत्यु भएपछि परिबारले घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने र दोषि माथी कारबाहीको माग गर्दै ईलाकामा जाहेरी दर्ता गरेका छन ।

घटना भएको जानाकारी पाउन साथ घटनास्थल पुगेको प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्लले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । घटना शंकास्पद रहेको भन्दै उनले आफुहरुले अनुन्धान गरेकाले दोषिको पर्दाफास छिटटै हुने बताए । मृतककी आमा माया थापा, मामा बोम दर्लामी लगाएतको टोली ईलाका प्रहरी कार्यालयमा आई घटनाको छानविन माग गर्दै दोषि उपर कारबाहीको माग गरेका छन । मृतककी आमा माया थापाले भने परिबारकै अन्य सदःयले आफ्नी छोरीलाई मट्टितेल खन्याएर आगो लगाएको आरोप लगाएकी छिन ।

१५ बर्ष देखि मामा घरमा बसेर पढ्दै आएकी मृतक समिक्षा तिहार पछि मात्र आफ्ना बुवा संगै बस्दै आएकी थिईन । समिक्षाका बुवा तेजेन्द्र ठकुरीले कान्छी श्रीमती ल्याएपछि आफ्नी आमा संगै मामाघर बस्दै आएकी उनले कक्षा १० मा पढ्न बुवा संगै बस्दै आएकी थिईन । समिक्षाकी आमा भने माईतमै बस्दै आएकी छन । छोरीलाई कक्षा ९ मा भर्ना गरेपछि पढाउने, हुर्काउने भन्दै एक बर्ष अघि ईराक पुगेकी आमा माया थापा तीन दिन अघि मात्र नेपाल आएकी छन । श्रीमानले दोस्रो विवाह गरेपछि उनी १६ बर्ष देखि माईतमा बस्दै आएकी छिन । घटना घटेको थापा पाएपछि नेपाल आएकी उनले परिबारले छोरीलाई बारम्बार यातना दिने गरेको भन्दै मट्टितेल खन्याएर आगो पनि परिबारकै सदस्यले गरेको आरोप लगाएकी छिन् ।

सम्बन्धित् समाचार