गृहपृष्ठ खेलकुद तीन दिने आत्मा रक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

तीन दिने आत्मा रक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

प्रकाशित मिति:

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम कपिलवस्तुको बाणगंगा नगरपालिका पिपरामा सम्पन्न भएको छ । राष्ट्रीय खेलकुद परिषदको आयोजनामा पिपरामा रहेको हिलबर्ट बोडीङ्ग स्कुलमा तीन दिने आत्मा रक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको हो । कपिलवस्तु जिल्ला भित्रका एक सय पचास बढि छात्राहरुले जबरजस्ती तथा छेडखानीका घटनाबाट बच्न गरिने आत्मा रक्षाका बिषयमा प्रशिक्षण लिएका थिए ।
समापन कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले खेलकुद क्षेत्रमा लागेमा महिलाहरुको क्षमता अभिबृद्धि गर्दै अध्ययन र खेलकुद गतिविधीलाई एकैसाथ अगाडी लैजान आग्रह समेत गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोखरेल, कोषाध्यक्ष पदम सेन, हिलबर्ट बोडीङ्गका निर्देशक बुद्धि पौडेल, प्रिन्सिपल सुरेन्द्र पाण्डे, प्रशिक्षक गिता ज्ञवाली, प्रेमकला राना भाट, रोम दाहाल बिकास कुवर , पत्रकार अशोक पौडेल, शिक्षक शुसिल घिमिरे लगायतको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार