वैखरी साउन ८,
नेपाली हिन्दु नारीहरूको महान् चार्ड हरितालिका तिजको अवसर पारेर ,गायक ओम प्रकाश भट्टराई “शुभचिन्तक” र गायिका पुनम बस्याल ले तिज गीत ‘चलाऊँ अभियान ‘ बजार मा ल्याएका छन् ।
उक्त तिज गीत मा शब्द ,लय ओम प्रकाश भट्टराई “शुभचिन्तक ” को रहेको छ भने उनलाई -नरोए आमा,भन्दिउन उजेली ,जमाना फेरिँदै गयो जस्ता चर्चित गीतकी गायिका पुनम बस्याल ले स्वरमा साथ दिएकी छिन् ।
‘चलाऊँ अभियान ‘ तिज गीत लाई राष्ट्रिय सृजनशील युवा अभियान’ ले प्रस्तुत गरेको छ भने ‘ सुन्दर लामाले एरेन्ज गरेका छन् ।
यो गीतमा देश छोडेर परदेशिने युवाहरू लाई देशमै कृषि उद्धम गरी बाच्न सकिने र देशलाई आत्मनिर्भर बनाउन सकिने भन्ने जनचेतना जगाइएको छ ।
गुरुआमा फिलिम्स प्रा लिई ले निर्माण गरेको दृश्यमा आफ्नै देशमा गरे के हुदैनर ? भन्दै सुरबिर पण्डित ,भगवती चापागाईं,पुष्पराज भण्डारी र मिना कंडेल अभिनय दिएका छन् !
पछिल्लो समय पैसाको आडमा संस्कृति जोगाउने बहाना पारेर उत्ताउला र नक्कले गीतहरूले तिजमा विकृति ल्याएकोले आफूहरूले विकृति लाई विस्थापित गर्दै जनचेतनामूलक गीत ले संस्कृति पनि जोगिने र जन जन ले राम्रो शिक्षा पनि पाउने भएका ले यो गीत सफल हुनेमा विश्वस्त रहेको ओम प्रकाश भट्टराई ले बताएका छन् भने यो गीत हेरे पछि कयौँ अल्छी छोरा बुहारीहरू सुधृनेमा गायिका पुनम बस्याल ढुक्क छिन् ।
हाईलाईट्स नेपाल युट्युब च्यानलले बजार मा ल्याएको ‘चलाऊँ अभियान ‘ watch this video on youtube