गृहपृष्ठ खबर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय टुक्रियो

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय टुक्रियो

प्रकाशित मिति:

काठमाडौं । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर मन्त्रालयको संख्या २२ पुर्‍याएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई दुई टुक्रा पारेको हो । कृषि तथा पशुपंक्षी एउटा र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अर्को मन्त्रालय हुनेछ । यसअघि प्रशासन सुधार आयोगले दिएको प्रतिवेदनलाई लत्याउँदै सरकारले २१ मन्त्रालय बनाएको थियो । चार मन्त्रालय एउटैमा गाभेर बनेको मन्त्रालय अब दुई टुक्रा भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल अब कृषि तथा पशुपंक्षी मन्त्री हुनेछन् भने, स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाउँदै छिन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागि भएपछि मन्त्रालय टुक्र्याउनु पर्ने अवस्था आएको हो ।

सम्बन्धित् समाचार