गृहपृष्ठ मनोरञ्जन लोक गायक टुक संगितकाे तिजको कोशेली बजारमा

लोक गायक टुक संगितकाे तिजको कोशेली बजारमा

प्रकाशित मिति:

थानेश्वर अधिकारी

नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजको अवसरमा नयाँ तिज कोशेली सहित बजारमा आएका छन ।  अर्घाखाँची जिल्लामा जन्म लिइ कपिलवस्तुलाई कर्मथलो बनाएका टुक संगित र शारदा खनालले हो पिया रानीले भन्ने तिज गित बजारमा ल्याएका छन् । टुक संगितको शब्द र हरिदेवी कोइरालाको लय रहेको सो गितको निर्देशन प्रकाश क्षेत्री , कोरियोग्राफर प्रदिप ज्ञवाली , छायांकन बिरेन्द्र भट्ट र परिकल्पना थानेश्वर अधिकारी को रहेको छ सो गितमा बाबुराम न्यौपाने र बबिता कंडेलले अभिनय गर्नुभएको छ । भंगेरी चरीले भन्ने गितमा नृत्य गरेकी चर्चित कलाकार बबिता कंडेल अहिले लोक सांगितिक क्षेत्रको उज्जवल नक्षत्रको रुपमा चिनिन्छन् । कपिलबस्तु जिल्लाको धार्मिक र ऐतिहासिक स्थल लक्ष्मणघाटमा सुटिङ गरिएको सो गितमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी, निवर्तमान अध्यक्ष पुर्ण चन्द्र परियार सचिव सन्तोष बि.क.,शेर बहादुर गौतम, खडानन्द भुसाल, मधु बेल्वासे, विकास शर्मा, हिरा खड्का, आकृति भुसाल, मञ्जु गिरी, सृजना पोख्रेल, बर्षा खनाल, समिक्षा अधिकारी, सविना क्षेत्री, दिपिका सुनार,सरस्वती मल्ल लगायतका कलाकारको अभिनय गरेका छन् । अहिले सम्म करिब ८ वटा गितमा शब्द र स्वर र करिव २ दर्जन भन्दा बढी गितमा लय शब्द गरिसकेका टुक संगित अव निकट भविश्यमा नै कपिलवस्तु जिल्लाका धार्मिक र ऐतिहासक र पर्यटकीय स्थललाइ समेटेर गित बजारमा ल्याउने तयारी गरेका छन् । त्यसै गरी यो गितको गायिका शारदा खनालले पनि करिब ६ वटा भन्दा बढी गित बजारमा ल्याएकी छन् । सानै उमेर देखीि लोक सांगितिक क्षेत्रमा लागेकी खनाल कपिलवस्तुका थुप्रै मेला महोत्वसमा आफ्नो प्रस्तती राख्नदै आएकी छन् । दुवै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलबस्तुका कलाकार समेत हुनुहुन्छ । मौलिक तथा टिपिकल स्वर र लयमा रहेको यो गित सबै श्रोता तथा दर्शकले हेरेर साथ सहयोग गरिदिनु हुन गायक द्धय को अनुरोध समेत रहेको छ । साथै सो अवसरमा अग्रज कलाकार तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित् समाचार