गृहपृष्ठ मनोरञ्जन चलचित्र देखी तिज गीत सम्म ‘दिग्गज ‘

चलचित्र देखी तिज गीत सम्म ‘दिग्गज ‘

प्रकाशित मिति:

विशुद्ध पारिवारिक वेदना र सामाजिक वेथिति समेटिनुपर्ने तीजगीतहरुमा आजकल पश्चिमी संस्कृतिको ठाडो प्रभाव परेको देखिन्छ । वास्तविक रुपमै सचेत हुनुपर्ने लोकसर्जकहरु नै खुलेयाम उत्ताउला र भड्किला गीतहरुमा जोडिएर आउनुले नेपाली लोकसंगीत कुन दिशातर्फ उन्मुख भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

विशुद्ध पारिवारिक वेदना र सामाजिक वेथिति समेटिनुपर्ने तीजगीतहरुमा आजकल पश्चिमी संस्कृतिको ठाडो प्रभाव परेको देखिन्छ । वास्तविक रुपमै सचेत हुनुपर्ने लोकसर्जकहरु नै खुलेयाम उत्ताउला र भड्किला गीतहरुमा जोडिएर आउनुले नेपाली लोकसंगीत कुन दिशातर्फ उन्मुख भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

तर यहि भीडबाट नेपाली लोक संगीतको गाम्भिर्यतालाई नजिकैबाट नियालीरहेका सर्जक दिग्गज धौराली ‘माईतीको आँगन’ सांगीतिक कोशेली मार्फत फेरि एकपटक आशालाग्दो रुपमा बाहिर आएका छन् । र उनलाई प्रत्यक्ष रुपमा साथ दिएकी छिन् चर्चित गायिका मन्जु पौडेलले ।

बि एम एस फिल्मस् मार्फत मन्जु पौडेलले बजारमा ल्याएको ‘माईतीको आँगन’ एल्बममा उक्त गीत संग्रहित छ । नेपाली सांगीतिक बजारमा मौलिक तीजगितको अझै पनि उत्तिकै माग रहेकोे बताउने धौरालीले यसपटक आफुले गाउँघरमा आमा दिदीबहिनीले वर्षौं देखि गाईरहेको भाकामा उहाँहरुकै शब्द कोरेको बताउँछन् । मन्जु पौडेललाई नै किन गाउन दिनुभयो भन्दा उनी भन्छन् “मन्जु पौडेलका प्रत्येक वर्षका तीज गितहरु मौलिक छन् , त्यसकारण यो गितलाई पनि उहाँले नै न्याय गर्न सक्नुहुन्छ । ” मन्जु पौडेलको स्वर रहेकोे यस गितमा गायिका मन्जु पौडेल र अनुसा पौडेलले कम्मर मर्काएका छन् । कार्यक्रम संचालिकाको रूपमा सुपरिचित अनुसा पौडेलको यसपाली नाच पनि दर्शकहरुले हेर्न पाउने भएका छन् । त्यसकारण पनि दंग छन् दिग्गज धौराली । संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने गितकार धौरालीका धेरै गितहरु चलचित्रमा पनि हिट छन् । म यस्तो गित गाउँछु चलचित्रको शिर्ष गित “कहाँ छ र जिन्दगीको भर तिमी बिना ” बाट चर्चामा आएका उनको चलचित्र मेलाको “सैबा है सैबा” बोलको गित उत्तिकै लोकप्रीय छ । त्यस्तै लम्फु फिल्मको “संगै जिउने संगै मर्ने चाह हुँदोरैछ” गित पनि उनको हिट गित हो । त्यसैगरी अहिले निकै चर्चामा रहेको भुवन के सी को निर्माण र अनमोल के सी अभिनयमा आउँदै गरेको फिल्म “क्याप्टेन” मा उनको गितले स्थान पाएको छ । उक्त चलचित्रको लागि लेखेको गितले नेपाली सांगितिक क्षेत्र र स्वयंलाई पनि पनि थप उचाई दिने उनको विस्वास छ ।

नेपाली चलचित्र देखि लिएर सुगम संगीत , गजल , रास्टिय गित , लोक गित र लोक गितमा पनि टिपिकल झ्याउरे र रोईला गितमा पनि उनले काम गरिसकेका छन् ।  यसपटकको तीजमा तीनवटा गितमा शब्द लेखेका उनको यो पहिलो गित हो । मौलिक गित कोर्न माहिर धौरालीको यसपालिको तीजको गित “माइतीको आँगन” यी शब्दहरुबाट सुरु हुन्छ

“तितै करेलीको तितै छ बियाँ, तितै करेलीको झाल बरिलै माईतीको आँगनी छोडेपछि मैले , कसैले गरेनन् ख्याल बरिलै” “कसैले गरेनन् ख्याल बरिलै कसैले गरेनन् ख्याल बरिलै”

भिडियो हेरौ

सम्बन्धित् समाचार