गृहपृष्ठ मनोरञ्जन कमेडि सिरियल ” हाक्का हाक्की” अब नयाँ कथामा

कमेडि सिरियल ” हाक्का हाक्की” अब नयाँ कथामा

प्रकाशित मिति:

कमेडि सिरियल ” हाक्का हाक्की” अब नयाँ कथामा “मेरि बास्सै” जस्ताे लाेकप्रिय कमेडि सिरियल सुरु गरेर थुप्रै कलाकार जन्माएका हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीले मेरी बास्सै, झ्याँइ कुटी झ्याई, हुँदै हाक्का हाक्की सम्म अाइ पुग्दा निकै अाराेह अबराेह पार गरेका छन्!!

एक ताका दमन रुपाखेती र जितु नेपालकाे जाेडीलाई दर्शकले निकै रुचाएका थिए तर दमन जितु काे जाेडि छुटे पछि जितु जिरे खाेर्सानी तिर र दमन मेरि बास्सै तिर लागेका थिए!!

अहिले भद्रगाेल, जिरे खाेर्सानी, ब्रेक फेल लगायतका सिरियल नेपाल टेलिभिजन बाट प्रसारण बन्द भए पनि हाक्का हाक्की सिरियल भने शनिबार ७ बजे नेपाल टेलिभिजन बाट प्रसारण भइरहेकाे छ!! हाक्का हाक्की कमेडि सिरियल अहिले नयाँ कथामा नयाँ रुपमा प्रसारण हुन थालेकाे छ !!

मेरी बास्सैमा घर ज्वाईँकाे भुमिकामा चर्चित भएका दमन ले हाक्का हाक्कीमा अहिले त्यहि चरित्रलाई पुनरागमन गरेका छन् र प्रचण्डकाे अभिनय गरेर लाेक प्रियता कमाएका कलाकार ” नक्कली प्रचण्ड ” घनश्याम गाैतम पनि हाक्का हाक्कीमा दमन काे ससुरा बनेर नयाँ चरित्रमा देखा परेका छन् कलाकार गाैतमकाे याे ससुराकाे चरित्रलाइ पनि दर्शकले निकै रुचाएका छन् छाेरीकाे भुमिका मा निर्जला काे अभिनय पनि राम्राे छ ! नयाँ कथाकाे याे सिरियल हाक्का हाक्कीकाे यु ट्युब मा पहिला भन्दा दर्शक भ्युज बढिरहेकाे छ!

हाक्का हाक्की सिरियलमा अहिले दमन रुपाखेती, राम थापा, घनश्याम गाैतम, लक्ष्मण बिक्रम बस्नेत ,पार्वन राई, निर्जला अधिकारी, भिमसेन अधिकारी, राजन चाैलागाई, दिपेन्द्र दाहाल, लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन्

सम्बन्धित् समाचार