नाकैमा फूली सबै हिसाबमा नवीनतम शैलीको छ । सहिमा श्रेष्ठले पहिलेका गीत भन्दा फरक शैलीमा गाएकी छिन् ।
सहिमाले आफूले यस्तो खाले गीत पहिले कहिल्यै नगाएको पनि बताइन् । यस सार्बजनिक गीतको शब्द शान्तिप्रियले लेखेका छन् ।
नेपाली मन नेपाली पन भएको लोक पप शैलीमा आफूले गीत लेखेको प्रियले बताएका छन् ।
गीतका संगीतकार भने दिपक शर्मा हुन् । दिपकले गीतलाई नयाँ बनाउन प्रयास गरिएको बताए ।
गीतमा निता ढुंगानालाई फिचरिङ गरिएको छ भने उनलाई संजय खतिवडाले साथ दिएका छन् ।
गीतको भिडियो हेर्न लायकको बनेको प्रतिक्रिया निर्देशक दाहालले दिएका छन् ।
गीतलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने सम्पादक सुरेश राउत हुन् । गीतको छायांकन इश्वर सिंकेमनले गरेका हुन् भने शुशील जोशीको श्रृंगार रहेको छ ।