'तमसुक ' घर छाड्ने बेलामा घरको भित्ताभरि कुँदेँ फर्किएपछि बनाउँने अर्को घरको नक्सा झोलाभरि आमाको आशीर्वाद गोजीभरि बाले कोट टक्टक्याएर दिनुभएको सुर्तीको गन्ध आउने नोटहरू बोकेर हिँडेँ हृदयभरि तमसुकका अक्षरहरू आँखाभरि खिचेर लगेँ घरको आकृति मनभरि खिचेर लगेँ बाअामाका आँखाहरू हिड्ने बेलामा थपिए केही थान जिम्मेवारी जो मसँगै हुनेछन् म रहुञ्जेल चोरेर हिँडे अलिकति मुस्कान डिलमा उभिएर मलाई पर्खिरहेकी उनीको गोरेटो नै धमिलो देखेँ हिँड्नेँ बेलामा हावा नै रोकिए जस्तो तनभरि लेखेँ एउटा गीत गाएँ आफैँले सङ्गीत भरेर जहाजमा उक्लने बेला ढोगेँ देशको माटो र भनेँ देश ! म नआउञ्जेल तँ कतै नजानू ल ?
गृहपृष्ठ कला/साहित्य ‘तमसुक ‘
‘तमसुक ‘
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसाउन महिनामा भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
९ घण्टा अघि
तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
१६ घण्टा अघि
भोटेकोसी बाढीपछि ६७७ जना यातायात मजदुर सम्पर्कविहीन
१६ घण्टा अघि









