काठमाडौँ। साहित्यकार गणेश श्रमणको लघुकथा सङ्ग्रह ‘गुलियो काठमाडौँ’ को विमोचन गरिएको छ। लघुकथा समाज नेपालको आयोजनामा काठमाडौँस्थित बिनायो क्याफेमा आयोजित कार्यक्रमा वरिष्ठ कथाकार माया ठकुरीले उक्त पुस्तक विमोचन गर्नुभएको हो।
कार्यक्रममा समालोचक लक्ष्मण गौतमले विमोचित लघुकथा सङ्ग्रह ‘गुलियो काठमाडौँ’ का अधिकांश लघुकथाहरू सशक्त रहेको र विषयगत विविधता समेटिएको बताउनुभयो। लघुकथा समाज नेपालका अध्यक्ष्य श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार एल्. बी. क्षेत्री, शिखा बुक्सका पुष्पराज पौडेललगायतले बोल्नुभएको थियो।
पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।
पचासको दशकको प्रारम्भदेखि नै साहित्य लेखनका सक्रिय श्रमणको यस अघि वि.सं. २०६६ मा ‘शब्दक्रान्ति’ नामक कविता सङ्ग्रह प्रकाशित भइसकेको छ।