बीबीसी / पछिल्लो १० बर्षदेखि म बच्चालाई आफ्नो पेटमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु । तर, म बच्चा सँधैका लागि आफूसँग राख्न चाहान्न, न त म आमा नै बन्न चाहान्छु । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो । म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ् । म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरो शरीरभित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो गर्भभित्र कसरी हुर्काउन सक्छु ? म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु ।
मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । म आफ्नो शरीरभित्र रहेको बच्चाको हलचललाई महशुस गर्न चाहान्छु । मैले सेरोगेसीका बारेमा फिल्ममा हेरेँ र इन्टरनेटमा यसबारे पढेँ । त्यसपछि मलाई लाग्यो ‘म यही गर्न चाहान्छु ।’ म एक लामो सम्बन्धमा रहे । म जस्तै मेरो पूर्वप्रेमी पनि बच्चा चाहँदैन थिए, सेरोगेसीमा मेरो जति उनको लगाव थिएन । उसले कहिल्यै बुझेन म आफ्नो स्वास्थ्यलाई खतरामा राखेर किन गर्भवती हुन चाहान्छु, त्यो पनि यस्तो बच्चाको लागि जो मेरो हुँदै होइन ।
तपाई जान्न चाहानुहुन्छ होला, म आफ्नो बच्चा किन चाहान्न ? सन्तान पाल्नु एक ठूलो जिम्मेवारी हो । मानसिक रुपले र आफ्नो करिअरलाई हेर्दै म यति ठूलो जिम्मेवारीका लागि तयार छु जस्तो मलाई लाग्दैन । थाहा छैन यस जिम्मेवारीका लागि कहिल्यै तयार हुन्छु वा हुन्न । म एक इभेन्ट कम्पनीमा काम गर्छु । यस बाहेक म एक क्रिएटिभ प्रोजेक्टका लागि पनि काम गरिरहेकी छु । यसका लागि म घण्टौँ काम गर्छ चाहान्छु ।
फरक–फरक देशमा पुग्न पर्छ । यस्तो प्रकारको कामसँगै एक सानो बच्चाको हेरचाह गर्नु मेरा लागि निक्कै गाह्रो हुनेछ । गर्भवती हुनु पनि कम चुनौती कहाँ छ र, तर मलाई थाहा छ सेरोगेसीका लागि एक निश्चित समय दिनुपर्छ । मलाई मातृत्व अवकास मिल्छ र त्यसपछि म काममा फर्कन्छु । त्यस्तै, यदी म आफ्नै बच्चा जन्माउन चाहेँ भने त्यो जिन्दगी भरीको जिम्मेवारी हुनेछ । गर्भधारणपछिका अप्ठ्यारा पक्षहरुलाई पनि म राम्ररी जान्दछु, जस्तै कम्मर दुख्ने, थकान, बिरामी र अन्य धेरै ।
मलाई यो पनि थाहा छ कि बच्चालाई जन्म दिनु सजिलो कुरा होइन । तर, म त्यस पिडा र असहजताको अनुभव गर्न चाहान्छु । मलाई थाहा छ, गर्भावस्थाका दौरान कोही लगातार उल्टी गर्छन् । म यी सबैको अनुभव लिन चाहान्छु । र हो, मलाई यस कुराको पनि डर छ कि नौ महिनासम्म बच्चालाई आफ्नो पेटमा राखेपछि मलाई ऊ प्रति लगाव हुनेछ । बच्चासँग आमाको लगाव जन्मनु अघिबाटै हुन्छ, किनकि पेटमै हुँदा पहिलो आवाज आमाको सुन्छ ।
तर, जब म अरु कसैको बच्चा मेरो पेटमा छ भने यो अवस्था नआओस् चाहान्छु । अहिले मेरो उमेर करिब ३० वर्ष छ । म जीवनको त्यस समयमा छु, जहाँ धेरैजसो महिला बच्चाका बारेमा सोचिरहेका हुन्छन् । मेरी एक नजिककी साथी हालै आमा बनिन् । गर्भावस्थाको नौ महिनाका दौरान उनले जुन उतार–चढाव देखिन् म पनि त्यही सब अनुभव गर्नु चाहान्छु । म एक्लो होइन, जो यस्ता कुरा सोचिरहेकी छु ।
इंग्ल्याण्ड र वेल्समा सेरोगेसी बढीरहेका छन् । म कसैमाथि दया गर्न गरिरहेकी छैन । यो दुई तर्फी चीज हो । म यो सबै पैसाका लागि पनि गर्दिन । हो, सेरोगेट बनेकोमा केही आर्थिक मद्दत दिइन्छ । किनकि गर्भावस्थाका बेला काम गर्न नमिल्ने भएका कारण मसँग आम्दानी पनि हुँदैन । यसका साथै मलाई आवात–जावतको खर्च र कपडाका लागि पनि पैसा दिइन्छ, तर म पैसाका लागि बिल्कुल गरिरहेकी छैन ।
मेरा लागी वास्तविक भुक्तानी त्यो अनुवभ हुनेछ, जब म बच्चालाई आफ्नो पटेमा राख्नेछु र उसलाई जन्म दिन्छु । यसका लागि म सेरोगेसीसँग जोडिएको कुनै वेबसाइट वा सामाजिक सञ्जालबाट मद्दत लिन्न । म यो कुनै यस्तो जोडीका लागि गर्न चाहान्छु जो म राम्ररी चिन्छु । आमा बन्ने आफ्नो इच्छालाई म रोक्न सक्दिन । यो एक त्यस्तो अनुभव होइन, जुन तपाई कसैसँग माग्न सक्नुहुन्छ, यो यस्तो अनुभव हो जुन तपाई आफैँबाट हुन्छ ।
मलाई मात्रै थाहा छ म गर्भावस्थाबाट के हासिल गर्न चाहान्छु । म ठूलो पेट चाहान्छु, बच्चालाई आफ्नो गर्भमा हुर्काउन चाहान्छु, म त्यस समयको अनुभव गर्न चाहान्छु, प्रसुतीपछि म बच्चा आफूसँग राख्न चाहान्न, यसमा केही गलत छ ? केही मेरा साथी मलाई भन्छन्, ‘जब बच्चा नै तिम्रो हुँदैन भने, तिमी आफ्नो शरीरलाई किन खराब गर्न चाहान्छौ ?’ । मेरी आमा पनि मेरो यस निर्णयलाई बुझ्नुहुन्न । उनका लागि यस्तो गर्नु मेरो गल्ती हो । तर, अन्तत यो मेरो फैसला हो ।
(गोपनीयताको सर्तमा बीबीसीको अन्तरवार्ताबाट लिएको एक अंश)