गृहपृष्ठ कला/साहित्य २०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि

२०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि

प्रकाशित मिति:

काठमाडौं- २०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको आज बसेको बैठकले यो निर्णय गरेको हो।

यस्तै, जगदम्बाश्री पुरस्कार बाल साहित्यमा लामो समयदेखि सक्रिय शान्तदास मानन्धरलाई दिइने भएको छ। बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित रहको जनाउँदै गुठीले जगदम्बाश्री दिने भएको हो।

यसअघि मदन पुरस्कारका लागि गुठीले श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा योगमायासहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला, राज माङ्लाकको लिम्बुनी गाउँ सूचीमा परेका थिए।

सम्बन्धित् समाचार