"केही नाङ्गा प्रश्नहरु" सुनिता खनाल प्रिय कार्ल मार्क्स किन हुरीझैँ बहुलाउँदैनन् तिम्रा योद्धाहरु आज ? जबकी– आमाका कोमल स्तनहरु र नानीहरुका कोमल शरीर अझै तानाशाहका बुटमुनि छन् । आमाको स्वर्गजस्तो कोखमा बन्दुक ताक्ने को हुन् ? बाबाको देशजस्तो छातीमा बम राख्ने को हुन् ? बहिनीको जाँघभित्र कसले घुसारेका हुन् चित्कारजस्तो हतियार ? बालकहरुको गीतमा कसले भरेको हो क्रूरतम संगीत ? प्रिय बुद्ध ! यो जीवन चिन्नलाई केवल तीन प्रश्नले किन पुग्दैन तिम्रा सिद्धार्थहरुलाई ? प्रिय गान्धी ! संसार पढ्न संसार सुन्न संसार हेर्न किन पुग्दैन तिमीले छोपेका तीन अङ्गले ? मानिसका सपनाहरु कहाँ कहाँ कैद छन् ? प्रिय कवि ! किन बोल्दैन तिम्रो कविता ?
गृहपृष्ठ कला/साहित्य “केही नाङ्गा प्रश्नहरु” -सुनिता खनाल
“केही नाङ्गा प्रश्नहरु” -सुनिता खनाल


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमहानगरले राप्रपालाई लगायो १ लाख जरिवाना !
१ घण्टा अघि