'भिन्नता'
युवराज लामिछाने प्रदीप
फूल ले सधै सुगन्ध दिन्छ
र सुगन्ध नै देऊ भन्छ अरुलाई
पत्थर आफू कडा छ
कडा बन्न भन्छ अरुलाई
हिउँ नरम छ
नरम नै रहनु भन्छ अरुलाई
पहाड मजबुत छ
सधै ठाडो रहनु भन्छ अरुलाई
घामले उज्यालो दिन्छ
उज्यालो देऊ भन्छ अरुलाई
बादल शितल दिन्छ
शितल नै देऊ भन्छ अरुलाई
पानी बग्छ
र बग्नु तिमी पनि भन्छ अरुलाई
बा जिन्दगी भर सन्तानको लागि घोटिन्छन्
र उसै घोटिन सिकाउँछन् सन्तानलाई
सन्ततिको लागि ।
संसारका सबै चिजहरु आफू जस्ता छन्
उस्तै रहन सिकाउँछन्
तर आमा आफू दुखेर पनि
सन्तानलाई खुशी हुन सिकाउँछिन्
हास्न सिकाउँछिन् ।
---
गृहपृष्ठ कला/साहित्य ‘भिन्नता’ -युवराज लामिछाने प्रदीप
‘भिन्नता’ -युवराज लामिछाने प्रदीप
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान
१४ घण्टा अघि








