गृहपृष्ठ कला/साहित्य ‘युवराज लामिछाने प्रदीप’का केही मुक्तकहरु

‘युवराज लामिछाने प्रदीप’का केही मुक्तकहरु

प्रकाशित मिति:
रुपन्देहीको देवदहमा स्थायी बसोबास गर्दै आएका स्रस्टा ‘युवराज लामिछाने प्रदीप’ युवा पुस्ता माझ लोकप्रिय मुक्तककारका रुपमा परिचित छन २०७२ असारमा उन्को पहिलो मुक्तक सङ्ग्रह  ‘कात्रोमा खल्ती‘  सार्वजनिक भएको थियो l
केही मुक्तकहरु 

१)

राजनीतिक पार्टीका नेताहरु भेटेर आउँछ मेरो साथी 

चाकडी र चाप्लुसी गर्न पनि बहुत रुचाउँछ मेरो साथी 

पहिले सोर्स फोर्स लगाएर जागिर खायो बल्लतल्ल 

अहिले तलब थोरै भयो भन्दै गनगनाउछ मेरो साथी ।




२)

हट्ने भने भ्रष्टाचारी  देश कस्तो बन्थ्यो होला

घट्ने भने बेरोजगारी देश कस्तो बन्थ्यो होला

निजी क्षेत्रमा जस्तै सरकारी क्षेत्रहरुमा पनि

खट्ने भने कर्मचारी देश कस्तो बन्थ्यो होला।




३)

एक अर्काको साथ छुटे मर्नैपर्छ भन्ने छ र?

कि बाँच्न कसैको भर पर्नैपर्छ भन्ने छ र?

ए पागल प्रेमी प्रेमीका हो,प्रेम गर्दैमा

खुलेयाम बाटोमा चाटाचाट गर्नैपर्छ भन्ने छ र ?




४)अचम्मका निर्णयहरु गरिन्छ के गर्न सकियो र

आफ्नै कारणले आफै मरिन्छ के गर्न सकियो र

समाजमा गोरु व्याउछ भन्नेहरुको बहुमत जुटेछ 

व्याउदैन भन्ने दोषी ठहरिन्छ के गर्न सकियो र ।




५)

कैले शान्ति छाउँछ मनमा कैले तोडफोड भैदिन्छ 

छिनमै घट्छ प्रेमकहानी, छिनमै जोड भैदिन्छ

खै कस्तो प्यार गर्छन् अचेलका युवायुवतीहरु?

बिहान माया बस्छ, साँझमा बिछोड भैदिन्छ   ।




© युवराज लामिछाने प्रदीप

uvarajlamichhane@gmail.com

देवदह , रुपन्देही

सम्बन्धित् समाचार