गृहपृष्ठ कला/साहित्य “मेरो देशको लालपुर्जा “-सोतन्त्र नेपाल

“मेरो देशको लालपुर्जा “-सोतन्त्र नेपाल

प्रकाशित मिति:
"मेरो देशको लालपुर्जा "




आमाको चीत्कारले 

केही दिन यता म सुत्न सकेको छैन

बा´को सुस्केरा संगै कामेको छ मुटु 

हिजो मात्र सपनीमा बुद्द आएका थिए 

नयन भरि आँसु लिएर,

सीता

 र 

भृकुटीले सुरक्षित स्थान खोज्दै छ्न 

नाम्चे बजार डुबानमा छ 

सगरमाथाको आँसुले 

डाफे घाइते छ पखेटा गुमाएर, 

फिक्का फिक्का छ सिम्रीक 

तेजिलो छैन चन्द्र

न्यानो छैन सुर्य

कोशी, कर्णालि र महाकाली त्रसित छ्न बग्न 

पुर्व, पश्चिम् र दक्षिण तिर

लिलामिमा छ मेरो राष्ट्रियता

त्यसैले माइती नेपाल

सिमाना पार गर्ने

नेपाली चेलीको अनुसन्धान संगै 

चेक जाच पनि गर्नु 

सिमाना पार गर्न लागेका नेताका झोलाहरु 

भेटिन सक्छन ति झोला भित्र

मेरो  देशको नक्सा 

र 

लालपुर्जा ।

                                                                                      

©सोतन्त्र नेपाल

सम्बन्धित् समाचार