'भरोसा भत्किएको समय' जीवन खत्री मलाई आफ्नो भन्दापनि धेरै भरोसा त तिम्रो थियो जो च्वाट्टै चुटियो आज । त्यो हिमालको काँधमा चढेर आकाश छुने र आकाशको खुर्पे जून टिपेर तिम्रो केसमा सजाउने सपना त्यो फूलैफूल फुल्ने वसन्तको काँख र काँखमा बसेर तिमीलाई अर्को फूल बनाउने धोको बिहानको शितमा चम्केका प्रत्येक बुँदले तिम्रो विश्वासको घैला भर्ने साहस सबथोक सकियो आजबाट । यी हातगोडामा किन देखियो एक्कासी पोलियोको लक्षण? शरीरको स्फूर्ती कहाँ बसाईँ गयो? यो टाउको हो कि? वा हो कुनै घुमिरहेको घट्ट? किन मैनझैँ पग्लिएको छ गिदी? कसलाई सोधूँ, कुन बनदेवीको नजर पर्यो ममाथि? र किन कामीरहेछ डगडगी धामीझैँ मुटु । यो छटपटीको गीत गाउने गायक को हो? यो संसारको क्यानभासमा उदासीमात्रै पोत्ने कलाकार को हो? को हो? हृदयमा भुँईचालो पठाएर आँखाको कुलोमा एकनाश पानी पठाई रहने मान्छे? थाहा छ, ती रुमानी गीतहरू सम्झन मन नभएरपनि सम्झनु पर्नेछ र आफैँले उराठिलो बेमल संगीत भर्नुपर्नेछ । लेख्नुपर्नेछ आफ्नै आशूँको मसीले सत्य घटनामा आधारित उल्टो मुना-मदन । आफ्नै आँशुको नशा पिएर बाटो दोबाटोमा जिउँदै भएको अभिनय गर्नुपर्नेछ । र बैगुनी समयलाई बिर्सिने असफल प्रयास त दिनहुँ गर्नुपर्नेछ । कसरी सकिएला भुल्न? हामीसँगै अघि पछि हिँड्ने एकजोडी छाँयालाई फूल, नदी, घरहरू र बाटोकै बिचमापनि तस्बिर नखिची नहुने क्यामेरालाई । मिलनको अनेकौँ गीत चारै कानमा एकसाथ सुनाउने हेडसेट र साथ दिने रातलाई वा लाजले आँखा छोप्ने निदलाई । हरेक दिन अँगालोमा ढकमक्क फूल्ने प्रेम र आफ्नै छातीको सिरानीलाईपनि कसरी भुल्न सकूँला र? उफ,के सोचेथेँ? भरोसाको घर, गर्ल्याम गुर्लुम ढल्यो आज । म ठान्थेँ, ती सबका सब कायर हुन् जो आफ्नै जीन्दगीको घरमा तेल छर्किन्थे र लगाउँथे आगो । जो आफ्नै भोलिको घाँटीमा पासो लगाउँथे र झुण्ड्याउँथे कुनै अग्लो रुखमा वा जो पिउँथे अमृतको घैला पिएझैँ तनतनी मृत्युले छोएको जीवनको अन्तिम प्यास । झल्यास भएको छु, आज खासमा ती कति बलवान थिएँ । थाहा छ समय? मलाईपनि अब एकपटक बलवान बन्नुछ । ***रामेछाप ।
गृहपृष्ठ कला/साहित्य भरोसा भत्किएको समय -जीवन खत्री
भरोसा भत्किएको समय -जीवन खत्री
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान
१४ घण्टा अघि









