गृहपृष्ठ खबर स्ववियुद्धारा आयोजित तीज गीत प्रतियोगितामा चिल्ड्रेन प्याराडाईज प्रथम ।।

स्ववियुद्धारा आयोजित तीज गीत प्रतियोगितामा चिल्ड्रेन प्याराडाईज प्रथम ।।

प्रकाशित मिति:

स्वतन्त्र विद्यार्थि युनियन सिद्धार्थ क्याम्पस बुङ्चिको आयोजनामा नगर स्तरिय खुला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलवार आयोजना गरिएको उक्त प्रतियोगितामा वाणगंगा नगरका १५ वटा समुहहरुले भाग लिएका थिए । जसमध्ये चिल्डे्रन प्याराडाईज बोर्डिङ स्कुलले प्रथम स्थान हासिँल गर्न सफल भएको छ । त्यस्तै बाल मावि वैरिया द्धितीय र सिद्धार्थ क्याम्पस बुङ्चि तृतीय भएको छ । लोक तथा दोहोरि गित प्रतिष्ठान कपिलबस्तुका अध्यक्ष थानेश्वर अधिकारि, सचिव पुर्ण चन्द्र परियार तथा मालति खरेल निर्णायकमा रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिकी उपप्रमुख तारावती चौधरिले तीजलाई अनावश्यक खर्च गरि भड्किलो तरिकाले नमनाई शान्ति र सौहार्द रुपले मनाएमा पुराना चाडपर्वहरुको संरक्षण हुने बताईन् । त्यस्तै महिलाहरुको महान चाडा हरितालिका तीजको अवसर पारि महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको स्ववियु सभापति सुशिल खत्रिले बताएका थिए । उनले तीज सकारात्मक तरिकाले मनाएमा कला र संस्कृतिको संरक्षण हुने बताए । त्यस्तै सभापति खत्रिले प्रथम, द्धितीय र तृतीय स्थान हासिँल गर्ने टिमलाई ध्न्यवाद सहित शुभकामना समेत ब्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । स्ववियु सिद्धार्थ क्याम्पसका सभापति सुशिल खत्रिको अध्यक्षता, जिल्ला समन्वय समितीकी उपप्रमुख तारावती चौधरिको प्रमुख आतिथ्यता रहेको कार्यक्रम चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार