'विमानस्थल' ✍️आनन्द अधिकारी आधा भोक मैले खाएर आधा भोक घर पठाएको थिए कैयौ दिन देखि ननिदाएका आँखाहरुमा मिठो सपना सजाएर आफू स्वयम् पानिमा भिजेर बाको बलेनि जस्तै दर्केका आँखालाई छेक्न पठाएको थिए भरोसाको छाता जसरी बा सानो मा केराको पात मलाई दिएर आफू रुज्नु हुन्थौ बैनि का कोमल पाउहरुमा काडाँ नबिझुन भनेर पठाएको थिए रहरका चप्पलहरु आफूलाई ब्याध्यताको परदेश मा बेचेर मैले पठाएका सामानहरु किन पुग्न सकेनन् ? मन्दिर जस्तो मेरो घरमा किन छिरेन? मैले पठाएको भोक त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल बाट जहाँ बाट त हात्ति पनि सजिलै छिर्छ ए.. सरकार मलाई त बाट जवाफ को आस त छैन तर एउटा प्रश्न को उत्तर जान्न मन छ के त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल जिउदा लासहरुलाई खाडी पठाएर काठको बाकस मा फिर्ता ल्याउनको लागी मात्रै हो?? ✍️आनन्द अधिकारी
गृहपृष्ठ कला/साहित्य ‘विमानस्थल’-आनन्द अधिकारी
‘विमानस्थल’-आनन्द अधिकारी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान सुरु
१२ घण्टा अघि
विश्वकप लिग–२ क्रिकेट : अमेरिकासँग नेपाल पराजित
१२ घण्टा अघि
दाङमा एक लाख ३३ हजार नगदसहित १० जना पक्राउ
१२ घण्टा अघि
आज मौसम : कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
१३ घण्टा अघि