गृहपृष्ठ कला/साहित्य कवि एवंम् गीतकार बसन्त चौधरी देवदहमा आउने

कवि एवंम् गीतकार बसन्त चौधरी देवदहमा आउने

देवदह २३ भदौ । अनुराग साहित्य समाजको आयोजनामा कविता र बसन्त नामक साहित्यिक कार्यक्रम रुपन्देहीको देवदहमा हुने भएको छ । यहि भदौ ३० गते शनिवारका दिन कवि एवंम् गीतकार बसन्त चौधरीको कविता र बसन्त नामक कार्यक्रम हुने भएको हो । साहित्यको विकास गर्ने उद्धेश्यले अनुराग साहित्य समाज नेपालले कवि एवंम् गीतकार बसन्त चौधरीलाई निम्त्याएर कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विभिन्न संघ संस्थाको सहयोगमा सम्पन्न गरिने कार्यक्रममा करिब ३ सय जना साहित्यप्रेमीहरुको उपस्थिति गराउने लक्ष्य लिएको समाजका अध्यक्ष निर्मल ढुङ्गानाले बताउनुभयो ।

पत्रकार सम्मलेनमा अध्यक्ष ढुङ्गानाले अनुराग साहित्य समाजले यस अघि पनि साहित्य प्रतिको अभिरुचिलाई बढावा दिन बिभिन्न प्रकृतिका कार्यक्रम, तालिम संचालन गर्नुका साथै राष्ट्रिय स्तरका साहित्यकार तथा लेखकहरूसँग कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाले कवि एवंम् गीतकार बसन्त चौधरीलाई देवदहमा ल्याउनु आफैमा गौरवको विषय रहेको बताउदै कार्यक्रम अवधिभर बसेर कविता श्रवण गरी साथ दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष यमलाल अर्यालले कवि एंवम् गीतकार बसन्त चौधरीको जीवनीबारे बताउदै सयौ हिन्दी र नेपाली भाषामा आफ्नो कविता तथा गीतहरु लेखेर प्रसिद्धि कमाइसकेको र चौधरी विश्वकाव्य यात्रा अभियान मार्फत अमेरिका, जापान, अस्ट्रेलिया लगायतका विश्वका १७ ठूला शहरहरुमा आफ्नो कविता सुनाएर लाखौको मन जितेको कुरा उल्लेख गर्नुभएको थियो ।

सम्बन्धित् समाचार