गृहपृष्ठ ज्योतिष /वास्तु साप्ताहिक राशिफल

साप्ताहिक राशिफल

प्रकाशित मिति:

साप्ताहिक राशिफल
 भदौ 31 देखि असोज 06  सम्म

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

– प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ।  सुरुवातको दिनहरु तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ।  जोस र जागर बढ्नेछ।  संयमता भने अपनौनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

  – प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ।  मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। बुधवारपछि स्वास्थ्यबाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ।


सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
 – स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। वादविवादबाट अलि सावधान रहनुहोला। सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्।   कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।  जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोहि नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।  सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
–  प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। मध्येदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले काममा सफलता पनि दिलाउनेछ।  रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ।  आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र संगै समय बिताउने मौका हरु आउँन  सक्छन्।  पराक्रम र धैर्यताले कामहरुमा बढोत्तर हुनेछ।  ठुला सोचहरुको विकास हुनेछन्।  सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
 – परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ।  धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
 – प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।   तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ।  ढिलासुस्तिका कारण अवसरहरु हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला।  यात्रा गर्ने अवसर जुर्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा  व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्।  प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ।  काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरु आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि तारिफयोग्य कामको चर्चा हुनेछ।   साताको अन्त्यतिर एकाग्रतामा कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
 – कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
 –   धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला।   ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

यूवा  ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

सम्बन्धित् समाचार