चिहानबाट अाग्रह - रविन शर्मा कपडा कुन लगाउँछौ ? गरिबिले “जरो”गाडे पछि लगाऊने एक “सरो” पनि किनिदिन सकिन , यो कुराले मलाई पोलिरहने छ जसरि आगोले दाऊरा पोल्छ खरानि भयर सकिन्छ कुनै दिन मन पोलेको मान्छे सकिन समय कुर्न पर्छ र ? मसँग केही रहेनछ भन्ने भान हुन मैँले संसार छाड्नै पर्छ , तिमीलाई यस्तो नपरोस् कि म गएपछि माया रैछ भन्ने भान किनकि चन्द्र नअस्ताए सम्म घाम भेटिँदैन मैले संसार छाडेँ भने मात्र तिम्रो बाटो खुल्छ र ? बाटो बन्द भएको थाहा नपाएरै मैँले तिमीलाई अन्तिम सास सम्म पनि प्रेम गरिरहेँ बाटो बन्द भएको थाहा पाउँदाको दिन सास बन्द भो मलाई बन्द कुराहरू बहुत मन पर्छन जस्तो कि तिम्रो पहिलो प्रेम पत्र “बन्द खाम “ माया मागेँ , एउटा प्रेमिल दिल मागेँ , संसारको सबैभन्दा गरिब म तिम्रो प्रेमी, तिमीसँग त्यही मागेँ , तिम्रो आवश्यकता र खुसी पूरा गर्न नसकेर जाँदैछु देउताहरूको घर , जहाँ बस्न घडेरी किन्नु पर्दैनँँ , गाँसको लागि खाना किन्नु पर्दैनँ, किन्नु परे पनि तिमी मेरो अन्तिम दाहसंस्कार गरेको ठाउँमा पुगेर दान गरिदिनू कालो कपडा र मासको दाल यी हीरा जस्तै देखिने मानिसहरू व्यावहारमा काला हुनेँ रहेछन् भेटि हरु बोकेर आऊने हरुलाई चिनी र मिस्री लिएर नआउनू भनिदिनू मलाई प्रेम गुलियो हुन्छ भनेर सिकाउँनेहरूले नै अमिलो बनाइदिए दान गर्ने बेला एउटा अमिलो निबुवा पनि पठाइदिनू लरविन शर्मा
गृहपृष्ठ कला/साहित्य एक पटक अवस्य पढ्न पर्ने कविता – चिहानबाट अाग्रह
एक पटक अवस्य पढ्न पर्ने कविता – चिहानबाट अाग्रह









