गजल 1
रोजाइको यौटा असर बाको इज्जतमा पुग्यो। अर्को दुस्मन बनेर आफ्नै रगत रगतमा पुग्यो
आफुलाइ चिनेन,आमाबा चिनेन,आफन्त चिनेन। जबदेखी कान्छो भाइ पैसाको संगतमा पुग्यो।
अक्सर मनमा ओहोरदोहोर गरिरहने मेरो मान्छे । अचेल आउनै छोड्यो अरुकै हिरासतमा पुग्यो।
म भुइँतलामै अटल रहे ,दुनियाँको बाटो बनि मेरो मित्र झण्डा बन्यो अग्लो छतमा पुग्यो।
गजल 2
सोचाइ फरकफरक उज्याला बिचार संग खेल्छ।
यो जिन्दगी भने अक्सर अन्धकार संग खेल्छ।
बिमारले मलाई कुरुप बनाउदै लग्यो यहाँ।
श्रीमती घरमा थरीथरीका शृङ्गार संग खेल्छ।
तिमी हौ दुनियाँको मनसंग खेलेर खुशी नहुने ।
बिचार गर नदि त सधै एउटै किनार संग खेल्छ।
मर्ने रहरले च्यापेझै लाग्यो अटललाई पनि।
जानिजानी पिरति जस्तो हतियार संग खेल्छ।
गजल 3
भोक खाएर बाचिनेरैछ भोको पेट छ, म के गरु।
यहिबेला तिम्रो सम्झनाले गला रेट्छ, म के गरु।
तिम्रो जिन्दगिको आगनमा आएर बस्न सक्दैन।
सिउदोमा रातो सिन्दुरको मुलगेट छ, म के गरु।
बाझो जमिनको जस्तै भैसक्यो हालत मेरोपनि।
हेर्नुहोस सग्लो ज्यान छ रित्तो पाकेट छ म के गरु।
देशको काखमा आमाको साथमा बाच्ने रहर हुँदोहो।
चुल्हो तातो बनाउन मरुभुमिमा मरिमेट्छ ,म के गरु।
खगेन्द्र अटल