कन्चनपुरकि निर्मला पंन्तको बलत्कार पछि हत्या भएको दुई महिनम पुग्न लाग्दा समेत पनि हत्यारा पत्ता नलागेको भन्दै कपिलवस्तुका साथै देशभर आन्दोलन र विभिन्न विरोधका कार्यक्रमहरु भैरहेका छन् । संसददेखि राष्ट्पति कार्यालय सम्म पनी यसले चर्चा पाएको छ । तर कन्चनपुरकि निर्मला पन्तका हत्यारालाई यथाशिग्र पत्ता लगाई कार्बाहि गर्न माग उठिरहेको बेला कपिलवस्तुमा बलत्कार पछि हत्या भएकी चेलीको बारेमा भने कपिलवस्तुबासी नै अनविज्ञ रहेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ६ बैदौलीकि शिवरानी चौधरीको बलत्कार पछि हत्या भएको ७ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि शिवरानीका परिवारजन निराश भएका छन् । कपिलवस्तुको वाणगंगा ६ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते हत्या भएको थियो । २०६८असोज १३ गते साझ गांउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् । मृत्युको वारेमा इलाका प्रहरी कार्यलय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलत्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हाल सम्म पनि प्रहरीले कुनै कदम चालेको छैन् । यस वारेमा स्थानिय महिला समुह र बुद्धिजिविहरुले पट्क पट्क आवाज उठाएको भएतापनि कुनै सुनुवाई नभएको कोपवाकि महिला अधिकार कर्मी रिता पाण्डेले बताईन् ।
हत्यारा नजिकैको भएको र प्रहरी इमान्दारीताका साथ लागि पर्ने हो पत्ता लगाउन गाह्रो नपर्ने स्थानिय बुद्धिजिवी चिरन्जिवी गिरी को भनाई छ । प्रहरीको सकृयाता नभएकै कारण हत्यारा पत्ता लाग्न ठिलाई भएको गिरीले बताए । यसबारेमा प्रहरी समक्ष पट्क पट्क लिखित र मौखिक जानकारी गराउदा समेत व्यवास्था भएपछी घरपरिवार मात्र होईन स्थानिय समेत चित्तित छन् । प्रहरी संगठनमा नेतृत्व परिवर्तन र गहन नहुदा पनि हत्यारा खुलेयाम घुमेका छन् । हत्यारा पत्ता नलाग्दा आफुहरुले न्याय नपाएको गुनासो स्थानिय संचारकर्मि संग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखेका छन् ।