कपिलवस्तु जिल्लामै पहिलो पटक आजोजना भएको मिस्टर एण्ड मिस कपिलवस्तुमा टप फाईबमा पर्न सफल विद्यार्थिहरुलाई सम्मान गरिएको छ । स्वतन्त्र विद्यार्थि युनियन वाणगंगा बहुमुखि क्याम्पसले सोही विद्यालयका विद्यार्थी नर्मता गुरुङ र संगम बुढा मगरलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख डिवि रेश्मी मगरले आफनो विद्यालय प्रतिभाको खानी भएको बताउदै आफ्नो क्याम्पसबाट परेको हुदा खुसि व्यक्त गर्दै विद्याथीलाईे शुभकामना दिएका थिए । बाणगगां माविका प्रचार्य कुलराज पौडेलले पढार्ई संगै अतिरिक्त क्रियाकलापमा पनि सहभागि हुन जरुरी रहेको बताए ।
त्यस्तै स्ववियु सभापति माधव पौडेलले विद्यार्थिहरुका समस्या समाधानमा स्ववियु सधै लागि पर्ने बताउँदै बधाई ज्ञापन गरे । कार्यक्रम स्ववियु सभापति माधम पौडेलको अध्यक्षता, शान्ता भुषालको स्वागत, र भगवती न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।