कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल (बलदेव)ले खपत अनुसार उपादन हनु नसकेकोले व्यवसायिक दुग्ध उत्पादन गर्न आग्रह गरेका छन् । दुधले बजार नपाइरहेको गुनासो आइरहेको बेला मन्त्री खनालले कृषकहसंग उनले सो आग्रह गरे । उनले अब सरकारले किसानको दुध सहजै खरिद गर्ने बताए । मिल्क होलिडे हुन नदिन डिडिसीको पाउडर प्लान्टको क्षमता वृद्धिका लागि पहल गरिरहेको बताए । कपिलवस्तुको मायाँदेवी गाउँपालिका स्थित छत्रपाली तिर्थादेवी माविका विद्यार्थीहरुलाई दुग्धपानको महत्व बारे सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले किसानले दुध उत्पादन र विक्री मात्र नभई सेवन पनि गर्नुपर्नेमा जोड दिए । दुधमा पाइने तत्वहरुले बालबालिकाको मष्तिष्क विकास गर्ने भएकाले दुध र दुधजन्य वस्तु सेवनमा जोड दिन आग्रह गरे । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा गरिएको उक्त कार्यक्रमा बोल्दै कृषि मन्त्री खनालले दुध उत्पादनका लागि पशु नश्ल सुधार र उन्नत घाँस विउ विजन उप्लब्ध गराउन सरकारले विभिन्न कार्यक्रम ल्याएको बताए ।
मन्त्रालयले प्रदेश र स्थानीय तह मार्फत गोठ सुधार कार्यक्रम तथा विभिन्न पशु विकास कार्यक्रमहरु ल्याएको भन्दै त्यसको लाभ उठाउन किसानहरुलाई आग्रह गरे । किसानले अब दुध देखि तरकारी सम्म सबै व्यवसायिक उत्पादनमा जोड दिए मात्र देश आत्मनिर्भर तर्फ जाने खनालले बताए । दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले लुम्बिनी क्षेत्रलाई दुधमा आत्मनिर्भर बनाउदै निर्यातमुखी बनाउन रुपन्देही र कपिलवस्तुका दुग्ध सहकारीहरुलाई अभिमुखिकरण समेत गरिएको बताए । दुग्धजन्य वस्तु सेवन र स्वास्थमा फाइदा बारे बोर्डको अभियान विद्यालय मार्फत सुरु गरिएको पन्तले जानकारी दिए ।