गृहपृष्ठ खबर नेपाल छिट्टै भारतमा विलय हुँदैछ,

नेपाल छिट्टै भारतमा विलय हुँदैछ,

प्रकाशित मिति:

चित्रबहादुर केसीले भने : नेपाल छिट्टै भारतमा विलय हुँदैछ

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अब छिट्टै भारतमा विलय हुने दिशामा अघि बढेको बताउनुभएको छ ।

अध्यक्ष केसीले अंगिकृत नागरिकका सन्तानहरुले सजिलै वंशजको नागरिकता पाउने व्यवस्थाले नेपाल छिट्टै भारतमा विलय हुने अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

काठमाडौंमा आयोजित ‘राष्टिय हित विपरितको नागरिकता विधेयक स्थगन गर्ने र सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्ने’ विषयक अन्तरकृया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

‘अंगिकृत नागरिकता लिनेमा अधिकांश भारतबाट नेपाल छिरेकाहरु छन्’, नेपालको कर्मचारीतन्त्र पनि बाह्य शक्तिको प्रभावमा आफ्नो दुनो सोझ्याउनेतर्फ मात्र केन्द्रित भएको उहाँको आरोप थियो ।

अवैध तरिकाले नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्नका लागि शक्तिशाली  आयोग बनाउनु पर्ने खाँचो रहेको पनि उहाँले औँल्याउनु भयो ।

‘अहिलेसम्म अवैधानिक तरिकाले नागरिकता पाउनै नहुने मान्छेले नेपाली नागरिकता पाएका छन्’, देशलाई डामाडोल पार्नेहरुको षड्यन्त्रको विरोधमा सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता आइपरेको उहाँले बताउनुभयो । ‘देश बचाउनु पर्ने भन्दै उहाँले भन्नुभयो, ‘देश रहे मात्रै हामी रहूँला ।’

सम्बन्धित् समाचार