गृहपृष्ठ खबर कपिलवस्तुमा वडा कार्यालयले सचेतना फैलाउदै

कपिलवस्तुमा वडा कार्यालयले सचेतना फैलाउदै

प्रकाशित मिति:

तस्बिर : सनिउल्ला धोबी,कपिलवस्तु

यो दृश्य कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ११ बलरमवापुरको हो । यहा वडा अध्यक्ष जगदिश प्रसाद तिवारी, वडा सदस्य बनशप्ती कोरी, रामपत यादव, राधेश्याम कुर्मी र चनतारा लोहरले साउण्ड लिएर सचेतना फैलाउने कार्य गर्दै हुनुहुन्छ । वडाबाट दिइने सेवा सुविधा नागरिकले सहि तवरले उपयोग गर्न पाउन भन्दै माइक लिएर घरदैलो कार्यक्रम नै गरिदै आएको छ । घरदैलो कार्यक्रमले यहाबाट प्रवाह हुने सेवा सुविधा नागरिकहरुलाई प्रत्यक्ष जानकारी गराउनका लागि गरीएको बलरमवापुरका वडा अध्यक्ष जगदिश प्रसाद तिवारीले जानकारी दिनुभयो ।वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाका बारेमा अझै पनि नागरिकहरु अनविज्ञ रहेको भन्दै यो घरदैलो अभियान चलाइएको वडा सदस्य बनशप्ती कोरीले बताउनु भयो ।

यहाका नागरिक बर्षो सम्म जन्मदर्ता नागरिकता नबनाउने, राजस्व नबुझाउने भएकोले वडा नं ११ का विभिन्न गाउमा गाएर साउण्ड सिस्टमबाट जानकारी गराउदै सचेतना फैलाइएको छ । वडाबाट प्रवाह हुने सेवा सुविधा नागरिकहरुले जानकारी गराउदा कार्यालयमा नागरिकहरुको चाप बढने विश्वासका साथ यो कार्य गरीएको कार्यालय सहायक नरसिंह कहारले जानकारी दिनु भयो ।
वडाले सञ्चालन गरेको यस्तो किसिमको अभियानले आफुहरुलाई धेरै जानकारी भएको स्थानियले बताएका छन । पहिले पहिले छुटै कानुन थियो अहिले विस बर्ष पछी स्थानिय तहको निर्वाचन भयो केही प्रक्रिया परिवर्तन भएको छ । वडाले सञ्चालन गरेको यो अभियानले हामीलाई धेरै फाइद भएको स्थानिय कमलावती कहारले बताउनु भयो ।

स्थानीय तहको शासन सञ्चालन सम्बन्धीमा जारी गरेको आदेशअनुसार वडाले विकास निर्माणका काम सञ्चालनदेखि विभिन्न ३७ किसिमका सिफारिस गर्नेछन् । हाल वडा कार्यालयबाट नाता प्रमाणित, नागरिकता र प्रतिलिपी सिफारिस, घर बहाल कर शिफारिस, मोहि लगत कत्ता शिफारिस, घर जग्गा कर, जन्ममिति प्रमाणित, व्यापार व्यवसाय खोलेको बन्द गरेको, मिलापत्र, विवाहित अविवाहित लगायत ३७ वटा सिफारिस दिने नियम रहेको छ ।

सम्बन्धित् समाचार