"गजल - १ "
तिमीलाई पाउने अझैनी, आश उस्तै छ।
सजिएका छौ मुटु भित्र, आभाष उस्तै छ।
झपक्कै फुलेको फुल ओइलि झरेपनी,
मन आनन्द तुल्याउने, सुवास उस्तै छ।
तिमीले त भुल्यौ प्यारा, भुल्न सकेकी छैन,
तिम्रो पर्खाइमा यो मन, उदास उस्तै छ।
आफू त! मायाकै लागि तड्पिरहेको मान्छे,
पक्का फर्की आउँछौ भन्ने, बिश्वास उस्तै छ।
नफर्कने गरि जोबन, ढल्दै गयो हेर,
चंचले मनको चाह , एकनास उस्तै छ।
"गजल - २ "
हेरेको मैले मायाले हो, करले है'न।
झुकेको शिर श्रद्धाले हो, डरले है'न।
सत्यवचन! ओठमा, मुस्कान सुहाएको,
अमृत रुपि बोलिले, जहरले है'न।
व्यक्तित्व! वाणी र व्यबहारमा झल्कन्छ,
महल जस्तो आलिशान, घरले है'न।
आफ्नै रुहाउँने, आफ्नैले हसाउँने,
जीवन चल्ने पराइको, भरले है'न।
संस्कार बाबाकोमै, सिकेकी छ छोरीले,
पहिचान खुल्ने पतीको, थरले है'न।
"गजल - ३"
यो कोमल मुटु, फोडेको तिमीलेनै हो।
ति पाइला अन्तै, मोडेको तिमीलेनै हो।
पै'ले जस्ती किन छैनौ, मेरी माया भन्छौ,
सिसासरी दिल, तोडेको तिमीलेनै हो।
टाढा हुन बुन्ने गर्थ्यौ , हजार बहाना ,
यता रोपि उता, गोडेको तिमीलेनै हो।
फर्किएर आज फेरि, गर्नु रै'छ गुनासो,
मनमर्जी नाता, जोडेको तिमीलेनै हो।
कसम तिम्रो अभाव, नभएको होइन,
मझधारमा हात, छोडेको तिमीलेनै हो।
" गजल - ४"
पुर्णिामाको चाँदनी रात, फिका लाग्छ अचेल ।
साथीभाइ सङ्गिको माझ, फिका लाग्छ अचेल।
पाँचतारे र तिनतारेमा , गुज्रिएको दिनाचार्य,
क्यासिनोमा जुवाको खाल, फिका लाग्छ अचेल।
आफ्नैले गर्दा सम्बन्धमा, तुषारोपात छाएर,
आफ्ठ्यारोमा थामेको काध, फिका लाग्छ अचेल।
मुटुभित्र कता हो! कता , गहिरो दुखाइ छ,
देखावटी मन्द मुस्कान , फिका लाग्छ अचेल।
मुहारमा मुखौटा, बुझीनसक्नु कुटनीति ,
जस्लाई रोजेँ उसैको साथ, फिका लाग्छ अचेल।
मन्जु त्रिपाठी धादिङ
गृहपृष्ठ कला/साहित्य – साहित्यिक अनुरागी मन्जु त्रिपाठी का चार गजल !!
– साहित्यिक अनुरागी मन्जु त्रिपाठी का चार गजल !!
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान
१४ घण्टा अघि








