अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिकामा लु ४ त १२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । दुर्घटनाबाट भुमिकास्थान नगरपालिका वडा नं ४ धारापानी बस्ने २१ बर्षीय हुमा भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खेत जोत्न जान लागेको ट्याक्टर ओरालो बाटोको भीत्तामा ठोक्किदा दुर्घटना भएको हो । ट्याक्टरमा चालक र भुसाल सँगै भएको र दुर्घटना पछि घाईते भएका भुसालको जिल्ला अस्पताल सन्धिखर्क र्पुयाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालकलाई सामान्य चोटपटक लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको धारापानी प्रहरी चौकीका ईन्चार्ज सूर्य बिकले बताए ।