गृहपृष्ठ खबर दुध बेचेर फेरीएको जिन्दगी

दुध बेचेर फेरीएको जिन्दगी

प्रकाशित मिति:

२०६८ सालमा कपिलवस्तुको चार नः जितपुरमा शितल डेरी खोली दुध बोक्ने काम सुरु गरेका दिनेश कुमार मरासिनि अहिले पाएको सफलता सोचेका पनि थिएनन । त्यतीबेला डेरी खोल्दा सय, दुई सय लिटर दुध भए त कति राम्रो हुन्थ्यो भनी सोच्ने गर्थे । २०६९ सालतिर सापकोटा मिष्ठान्न भण्डारको नामबाट जिल्लाको चार नम्बर तौलीहवा रोडमा मिठाइ पसल सञ्चालन गरे । सञ्चालन डेरी खोलेपछि उनी सुरुमा ५ लिटर दुध लिन ८ किलोमिटर साइकलमा चढेर नन्दनगर राजपुर भडसडवा पुग्ने गरेको कुरा हिजा जस्तै लाग्ने गरेको उनी बताउँछन । उनले अहिले दैनिक ५०० लिटर बढि दुध जम्मा गरी बेच्ने गरेका छन । बाणगंगा नगरपालिकाको नन्दनगर, राजपुर ,जितपुर, पिपरा, गोवडिहवा , ठाकुरापुर, गजेहडा, झुगा, बुङची क्षेत्रबाट उनले अहिले दुध जम्मा गरी बेच्ने काम गरेका छन । मिठाई पसल पनि रहेकोले बाकी सबै दुध मिठाइ बनाउन प्रयोग हुने र कहिलेकाही त मिठाइ बनाउन अन्य डेरीबाट दुघ मगाउनु पर्ने उनी बताउछन । उनले घरघर गइ ल्याएको दुध लिन बिहान पाच बजेबाट पसलमै भिड लाग्ने गरेको छ ।

दैनिक बिहान ४ बजे उठेर उनी करिव ७÷८ किलोमिटर टाढासम्म दुध लिन जाने गर्छन । सुरुका बर्ष साइकलमा दुध बोक्ने उनी मोटरसाइकलमा तथा अटोरिक्साको प्रयोग गरि दुध बोक्ने गरेका छन । यसमा पाएको सफलताकै कारण उनले चार जना कामदार समेत बिभिन्न ठाउबाट दुध ल्याउन राखेका छन । हाल चारजना सहित बाणगंगाका बिभिन्न क्षेत्रबाट बिहान चारबजेदेखि १० बजेसम्म दैनिक ६ घण्टा घरघर गई दुध ल्याउने गरेका छन । घरघरबाट त्यसरी ल्याइने करिव २ सय लिटर दुध बाटोमै बिक्रि हुने गरेका उनी बताउछन । घामपानी नभनी यसरी दैनिक ६ घण्टा दुध घरघर गई ल्याउने र बेच्ने काम गाह्रो रहेको बताउदै यही बसेर मासिक सबै खर्च कटाएर ५० हजार बचत हुने गरेको उनी बताउछन । बिहान दैनिक साइकल लिएर त्यती टाढासम्म गएको अस्ती जस्तै लाग्ने गरेको बताउदै आफुले यसलाई कहिल्यै भुल्न नसक्ने बताइएको छ । उनी कहाँ कामदार दुध उठाउने चार जना अन्य तीन जना पसलमा गरी जम्मा जम्मी सात जनाले रोजगारी समेत पाएका छन । उनी कहाँ काम गर्ने सात जनामध्य तीन जना भारतका कामदार रहेका छन । दिर्घकालिन समयसम्म काम गर्न नसक्ने भएकाले भारतबाट कामदार ल्याउनु परेको उनी बताउछन । नेपाली कामदार पाइएता पनि टिक्नै नसक्ने भएकाले आफुले भारतबाटनै कामदार ल्याउने गरेको बताउछन । आफु र कामदार भई घरघर गई दुध ल्याइदिदा यस क्षेत्रकका कृषकलाई समेत सहज भएको छ । यसरी घरघर आई दुध लिएर जादा आफुलाई निकै सहज भएको बाणगंगा ४ ठाकुरापुर निवासि प्रदिप पौडेलले बताए । पहिला पहिला ७÷८ किलोमिटर हिडेर डेरीमा लाइन लागेर दुध बेच्ने गरेको बताउदै घरमै आइ दुध लिएर जाने पनि जमाना आउला भनेर आफुले नसोचेको उनले बताए । उनका एक श्रीमति र दुई छोरी रहेका छन । छोरीहरु मध्य एक कक्षा ११ र एकले स्नातक तह द्धितिय बर्ष अध्ययन गदै छन । सुरुका दिनहरु निकै गाह्रो भएको बताउने उनले अहिले कामदार राख्न सक्ने अवस्था आएकाले पनि सहज हुने गरेको उनले बताए । घरघरमै गई दुध ल्याउदा कृषकहरुलाई समेत निकै सहज हुने गरेको उनको बुझाई छ । कृषकहरुले नापेर दुध दिई सकेपछि घरमै राखीएको डायरीमा के कति दुध दिएको भनी लेख्ने कृषकलाई चाहीदा पैसा घरमै दिने गरेको उनले बताए ।

सम्बन्धित् समाचार