गृहपृष्ठ खबर स्ववियु सिद्धार्थ क्याम्पसको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम

स्ववियु सिद्धार्थ क्याम्पसको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम

प्रकाशित मिति:

स्वतन्त्र विद्यार्थि युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सवारि दुर्घट्ना बढेको भन्दै त्यसको न्युनिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोना गरिएको हो । उक्त सचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रहरि नायव निरिक्षक माधव प्रसाद पन्थिले सहि तरिकाले ट्राफिक नियम पालना नगरेकाले सवारि दुर्घट्ना बढेको बताए ।

सडकमा राखिएका साङ्ेतिक चिन्हरुको पालना कसरि गर्ने, चालकहरुले दिने सङ्केतको ख्याल कसरि गर्ने, सर्वसाधारणहरले बाटो काट्दा ख्याल गर्नुपर्ने कुराहरुको वारेमा स्पष्ट पारेका थिए । विद्यार्थिहरुले ट्राफिक सम्बन्धिका नियमहरुबारे विभिन्न जिज्ञासाहरु राखेका थिए । स्ववियु सभापति सुशिल खत्रिको अध्यक्षता, क्याम्पस प्रमुख वालाराम ज्ञवालिको प्रमुख आतिथ्यता तथा दिनेश चौधरिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ४०० जना विद्यार्थिहरुको सहभागिता रहेको विद्यार्थि नेता विष्णु घिमिरले वैखरिलाई जानकारि दिए ।

सम्बन्धित् समाचार