विश्व मुटु दिवसको अवसरमा कपिलवस्तुमा बृहत साइकल यात्रा गरिएको छ । साइकिलिङले मुटु स्वस्थ राख्न मद्दत र्पुयाउने भएकाले शनिबार जिल्लामा १६ किलोमिटर लामो साइकल यात्राको आयोजना गरिएको हो । साइक्लिङ स्वस्थ मुटुका लागि धेरै लाभदायक रहेको यात्रामा सहभागी प्रजिअ अर्जुनप्रसाद पोख्रेलले बताए । ’साइकल चलाऔं, आफ्नो मुटु स्वस्थ राखौं’ भन्ने नाराका साथ बिङगस् फ्रेण्डस् क्लब, प्याडल अफ पावर र साइकल राइर्डस अफ कपिलवस्तुले उक्त साइकल यात्राको आयोजना गरेका थिए ।
साइकिलिङ सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादन समेत हुने डा. लोकेन्द्र नारायण मण्डलले बताए । यसले मानिसको शक्ति, सन्तुलन र समन्वय बढाउने हुँदा साइकल चलाउन आवश्यक रहेको उनको भनाइ छ । साईकल र्यालिमा कपिलवस्तुका प्रजिअ पोख्रेल, सहायक प्रजिअ रामेश्वर अर्याल, प्रहरी उपरीक्षक मनोज यादव लगायत १३० जनाको सहभागिता रहेको थियो । सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । चिकित्सकहरूका अनुसार धुम्रपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटे(तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।