काठमाडौं, १४ असोज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष टोलीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी रहेका छन् ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिविआइले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए । पैसा दिने विद्यार्थीलाई उनीहरूले पश्नपत्र उपलब्ध गराएका थिए ।
यो पनि पढ्नुहोस
शिक्षकको हत्या गरेको आरोपमा ४ जना पक्राउ
नुवाकोट– दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।
शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे जङ्गलमा भीरबाट लडेर शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तिनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पण्डितको घर नजीकैको भीरबाट खसेर ज्यान गएको हो ।
पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ छन् । अभियुक्तविरुद्ध आज नै कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।