गृहपृष्ठ कला/साहित्य तिमीलाई मागेको त्यों मन्दिर हेरि रोएँ-मनको साथी

तिमीलाई मागेको त्यों मन्दिर हेरि रोएँ-मनको साथी

प्रकाशित मिति:

तिमीलाई मागेको त्यों मन्दिर हेरि रोएँ,
अन्जुलीमा थापेको त्यों अबिर हेरि रोएँ,

आलिंगन को पबित्रता, सम्हालेर राखें,
कलकलाउदो बैश भाँच्ने समीर हेरि रोएँ,

गगनचुम्बी महलबाट रुमाल खस्यो तल,
औकात भन्दा फरक मेरो जागीर हेरि रोएँ

अभावमा बगे गह: तिम्रो सम्झनामा,
हामीबीच नमिल्दो त्यों तक्दिर हेरि रोएँ,

मनको साथी “प्रेम पाण्डे”
भलवाड ८ कपिलवस्तु हाल: काठमाण्डौ

सम्बन्धित् समाचार