नेपाली सङ्गीतको इतिहासमा द भ्वाइस अफ नेपालले नयाँ ट्यालेण्टेड भ्वाइसहरुका स्वर्णिम पलहरु सृजना गर्दै अघि बढेको छ भन्दा अत्यूक्ति नहोला, द भ्वाइस अफ नेपालमा आफ्नो प्रतिभा प्रस्तुत गर्न देशका कुना कन्दराहरुदेखि विदेशबाट पाहुना आवाजहरुले ब्लाइण्ड अडिशनमा अाफ्नो सहभागीता जनाए ।
ब्लाइण्ड अडिशनको समापनसङ्गै अब नेपालीजनको प्रिय अनि लोकप्रीय TVS Apache “द भ्वाइस अफ नेपाल” रियालिटी शो मा ब्याटल राउण्डको शुरुवात भएको छ। सेलिब्रेटी कोचहहरुले आफूले ब्लाइण्ड अडिशनबाट रोजेका १२ उत्कृष्ट ट्यालेन्टहरुलाई निखारेर आआफ्नो समूहको योद्धाका रुपमा ब्याटल राउण्डमा प्रस्तुत गर्ने कामको प्रारम्भ गरीसकेका छन् ।
कहिले सारङ्गीको तार त कहिले गितारको कड, कहिले सुदूरपश्चिम त कहिले सूर्योदयको पूर्वबाट, द भ्वाइस अफ नेपालले रङ्गीविरङ्गी फुलहरुले उनीएको एउटा सुन्दर मालाको भूमीका निर्वाह गर्दै बिभिन्न आवाजलाई आफ्नो सिरिजमा समाहित गरिसकेको छ ।
अब हेर्न बाँकी छ अर्को सातासम्मको अवस्था; आँउदा दिनमा कुन कोचको टिममा के हुने हो ? कुन भाग्यमानी कोचले बनाउन सफल हुनेछ पहिलो द भ्वाइस अफ नेपाल ?
“स्टीलमार्फत एउटा कोचको रोजाइमा नपरेका ट्यालेन्टलार्इ अन्य कोचले अाफ्नो टिममा राख्न सक्दछन् । यस संयन्त्रलाई Steal भनिन्छ, अग्रेजी Steal शब्दको नेपाली सहज रुपान्तरण हुन्छ चोर्नु । एउटा कोचले आफ्नो ब्याटल राउण्डमा १२ मध्ये केवल ६ जना मात्र आवाज लिएर जान्छन् र यसरी ६ जनालाई कोचले छनौट गर्न नसक्दा तिनै छनौट नभएका ६ जनामध्येका अन्य कोचले २ जना छान्न सक्दछन् ।”
चारैजना कोचहरुको ट्यालेन्ट फकाउने तरिका चैं साह्रै रोचक थियो ब्लाइण्ड अडिसनमा जहाँ प्रमोदको क्यारिकेचर सरप्राइजिङ थियो भने अभयाको बजर थिच्ने तरिका, द ग्रेट दीप श्रेष्ठको ओज अनि सनुपले छनौटका लागी भ्वाइसमा खोज्ने तत्वहरुमा डिटेलको निकै चर्चा रह्यो । यीनै तवरहरुकाबिच पहिलो र दोश्रो ब्याटल सक्किएको छ । ब्याटल राउण्डबाट रोजीएका ट्यालेण्ट सिधै LIVE राउण्डमा प्रवेश गर्नेछन र सोही राउण्डबाट प्रारम्भ हुनेछ पब्लिक Voting भोटिङ राउण्ड । ब्याटल राउण्डबाट को को बाहिरीए अनि को को भए त स्टिल ? सबै कोचको ड्रिम टिममा को को प्रतिस्पर्धि बाँकी छन हेर्नुहोस् ताजा सूचीः
कोच अभयाको ड्रिम टिम
अनु शाक्य (SELECTED)
सृजय थपलिया
आश्रा कुँवर
रितेश रसाईली
सानिध्य थापा (STEAL कोच सनुप)
सुवास गन्धर्व
कुशल आचार्य (SELECTED)
श्रेया राई
सन्तोष घले (OUT)
सलिना रामुदामु
बिवेक लामा
जोबन भुजु
कोच सनुपको ड्रिम टिम
अप्सरा घिमीरे
आशिष गुभाजु
सन्तोष राना
राजेश बालकोटी
सप्तक दुतराज
बिद्या तिवारी (SELECTED)
निशान दाहाल
दिपक सापकोटा
शैलु आर एल सिंह
रित राना मगर (STEAL कोच अभाया)
सुनन्द ढकाल
अकिंत बाबु अधिकारी
कोच प्रमोदको ड्रिम टिम
सीडी बिजय अधिकारी
तेजेन्द्र गन्धर्व
स्वेच्छा ठकुरी (STEAL कोच दीप)
सुरज तामाङ (SELECTED)
बर्ता गन्धर्व
राजु पन्त
सुगमा गौतम
अनिश श्रेष्ठ
रुपेश पराजुली (OUT)
सुरेखा क्षेत्री (SELECTED)
सुशिल गड्तौला
योगेन्द्र उपाध्याय
कोच दिपको ड्रिम टिम
एनी श्रेष्ठ
बिवेक परियार
नवराज सापकोटा
विवेक वाइबा लामा (SELECTED)
जनक ताम्राकार (OUT)
सन्दिप परियार
दिनेश न्यौपाने
सुजाता थापा
राजु तामाङ (SELECTED)
अकिंत अमारु श्रेष्ठ
दिपेश लामा (OUT)
राहुल विश्वास
कोचहरुले आआफ्नो ड्रिम टिमा सदस्यहरुलार्इ सङ्गीत र गायनको कोच गर्ने, सिकाउने अनि उनीहरुको आवाजलाई थप निखार्ने काम अहोरात्र गरिनै रहेकाछन् । आवश्यक सम्पूर्ण सहयोग र मार्गदर्शन दिएर कोचहरुले आआफ्ना ड्रिम टिमका १२ वटै आवाजलाई व्याटल राउण्डमा अोरालेका हुन् । यसरी आफ्नो समूहका ट्यालेन्टहरुको बिचमा नै साङ्गीतिक ब्याटल गराएर उत्कृष्ट ठहरिएका ६ वटा ट्यालेन्टलाई LIVE राउण्डमा लिएर गईन्छ । तर LIVE राउण्डमा ६ जना मात्र नभई हरेक कोचसंग ८ जना ट्यालेन्ट रहन्छन किनभनें द भ्वाईस सिररिजमा कोचहरुको एउटा बिशेष अधिकार रहन्छ, त्यो हो स्टील ।
के हो त स्टील ?
स्टीलमार्फत एउटा कोचको रोजाइमा नपरेका ट्यालेन्टलार्इ अन्य कोचले अाफ्नो टिममा राख्न सक्दछन् । यस संयन्त्रलाई Steal भनिन्छ, अग्रेजी Steal शब्दको नेपाली सहज रुपान्तरण हुन्छ चोर्नु । एउटा कोचले आफ्नो ब्याटल राउण्डमा १२ मध्ये केवल ६ जना मात्र आवाज लिएर जान्छन् र यसरी ६ जनालाई कोचले छनौट गर्न नसक्दा तिनै छनौट नभएका ६ जनामध्येका अन्य कोचले २ जना छान्न सक्दछन् । यसै छनौटको बिशेष अधिकार जहाँ ट्यालेन्टले एउटा टिमबाट छनौट नभएपनि आफ्नो साङ्गीतिक दक्षताका लागि अर्को कोचसमक्ष सम्भावना बाँड्न सक्दछन्, यसैलाई स्टील भनिन्छ । एउटा कोचको समूहमा भएको या हुनसक्ने छनौटकोे कुनै एउटा चुकलाई यस स्टील पद्धतिले सम्बोधन गर्ने गर्दछ । यो चाँही ट्यालेन्ट मेरो टिममा भइदिए त… भन्ने कोचहरुको थकथकीलाई स्टीलले एउटा मौका दिन्छ ।
द भ्वाईस एउटा समस्त रुपमा सङ्गीत अनि साधकको साझा चौतारी हो, यहाँ ब्लाइण्ड अडिशनबाट छानिएका ट्यालेन्टहरुलाई कोचहरुले गीत अनि सङ्गीतको गुण त सिकाउँछन नै साथै ब्याटल राउण्डमा थपिएका कोचका सहयोगीहरुले स्टेज अनुशासन, माईक प्लेसमेन्ट लगायत अन्य थुप्रै कुराहरु पनि सिकाउनु यसको विशेषता हो ।
नेपाली साङ्गीतिक नक्षत्रमा हामीले एउटा नयाँ आवाज पाउँदैछौं अनि हामी यस एतिहासिक रियालिटि शोको साक्षी भएर नेपाली सङ्गीतको स्वादार्पण गरीरहेका छौं ।
हरेक साता शनिबार र आईतबार कान्तिपुर टिभीमा राती ९ बजेपछि र हाम्रो पात्रो मोबाईल एप्समा त्यसै दिन राती १० बजे पछि अनि भ्वाइस अफ नेपालको यूट्यूब च्यानलमा प्रशारण भएका ताजा सिरिजहरु हेर्न सकिनेछ ।