गृहपृष्ठ खबर बसको ठक्कर बाट कपिलवस्तुमा रिक्सा चालकको मृत्यु

बसको ठक्कर बाट कपिलवस्तुमा रिक्सा चालकको मृत्यु

प्रकाशित मिति:

बसको ठक्करबाट कपिलवस्तुको कृष्णनगरमा एक रिक्सा चालकको मृत्यु भएको छ । बसपार्कमा बा ३ ख ३४४९ नम्बरको बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा कृष्णनगर नगरपालिका–१, सेमरा निवासी ४५ बर्षिय सुरेश रैदासको मृत्यु भएको हो । बसले पछाडिबाट ठक्कर दिंदा रिक्सासहित रैदास दुर्गा मन्दिरको पर्खालमा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

बसको लापरबाहीले रैदासको मृत्यु भएपछि आक्रोशित स्थानीयले चक्का जाम गरेका थिए । मृतकको परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाउने प्रहरीको आश्वासनपछि चक्का जाम खोलिएको थियो । मृतक रैदासको शवलाई पोष्टमार्टमको लागि शिबराज अस्पताल पठाइएको प्रहरी निरीक्षक सूर्य बोगटीले जानकारी दिए । रैदासलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । चालक भने घटनापछि फरार भएको प्रहरी निरीक्षक बोगटीले बताएका छन् ।

सम्बन्धित् समाचार