गृहपृष्ठ अन्तरास्ट्रिय खबर विश्वकै गरिब पूर्वराष्ट्रपति

विश्वकै गरिब पूर्वराष्ट्रपति

प्रकाशित मिति:

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकालाई विश्वकै सबैभन्दा गरिब पूर्वराष्ट्रपति मानिन्छ ।राष्ट्रपति पद छाडिसकेपछि उनी सन् २०१५ यता उरुग्वेको सांसद रहँदै आएका थिए । तर आफ्नो कार्यकाल पुरा हुनु अघि नै उनले हालै सांसद पदबाट राजीनामा दिएका छन् ।८३ वर्षीय मुजिकाले लामो यात्राका कारण आफू थकित भएको जनाउँदै सांसद पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा पत्रमा आफ्नो दिमागले काम गरेसम्म एकता र विचारको युद्धबाट भने राजीनामा नदिने उल्लेख गरेका छन् ।

सादगीपूर्ण जीवन बिताउँदै आएका उनले राष्ट्रपति पदमा रहँदा सरकारी निवासमा बस्न अस्वीकार गरेका थिए । राष्ट्रपति रहँदादेखि नै उनी राजधानीको बाहिरी क्षेत्रमा रहेको एउटा फार्म हाउसमा बस्दै आएका छन् । सोही फार्म हाउसमा बसेर उब्जाएका कृषिउपजले उनको गुजारा चल्दै आएको छ ।

उनले राष्ट्रपतिकालमा आफ्नो अधिकांश पारिश्रमिक दान गरेका थिए ।उनी पूर्वविद्रोही नेता हुन् । विद्रोहको आरोपमा उनलाई सन् १९७० मा गिरफ्तार गरिएको थियो । ९० को दशकमा उरुग्वेमा लोकतन्त्र स्थापनासँगै उनी रिहा भए । (एजेन्सी)

सम्बन्धित् समाचार