गृहपृष्ठ खबर भ्रम छर्ने काम भयो ः मुख्यमन्त्री पोखरेल

भ्रम छर्ने काम भयो ः मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कतिपय राजनीतिक दलहरुले अझै पनि अधिकारको लडाई टुंगिएको छैन भनेर जनतालाई उत्तेजित बनाउने काम गरिरहेको बताएका छन् ।

संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेको बताए ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै दलको नाम नलिई अझै पनि अधिकारको लडाई बाँकी छ भन्दै हिंड्नु गलत निश्कर्ष भएको दावी गरे ।

संविधानमा केही कमी भए संविधानबाटै समाधान गर्न सकिने तर्क गर्दै संविधान बाहिरबाट निकास ननिस्कने स्पष्ट पारे ।

संविधानसभाबाटै राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र ल्याएर असम्भवलाई सम्भव बनाएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले हरेक समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिए । शान्ति सुरक्षाको विषय वहुआयामिक रहेको भन्दै उनले अपराध नियन्त्रणलाई मात्र नबुझ्न आग्रह गरे ।

सम्बन्धित् समाचार