गृहपृष्ठ खेलकुद -कपिलवस्तु जिल्ला स्तरीय प्रथम भलवाड कप २०७५ उद्घाटन,

-कपिलवस्तु जिल्ला स्तरीय प्रथम भलवाड कप २०७५ उद्घाटन,

प्रकाशित मिति:

असौज – १८  जिनुवा  – स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी वाणगंगा ९ जिनुवाको खेल मैदानमा अाज देखि जिल्ला स्तरीय प्रथम भलवाड कप २०७५ को उद्घाटन, भएको छ ।

उद्घाटन समारोहमा क्लवका अध्यक्ष दुर्गा थापाको अध्यक्षता , प्रदेश नम्बर ५ प्रतिनिधि सभा संसाद विष्णु पंन्थीको प्रमुख अाथितियता , वाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारु , उपमेयर चक्रमणी अर्याल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेस्मी मगर , वाणगंगा वडा नम्बर ९ का अध्यक्ष धुव्र बेल्वासे , वडा नम्बर ७ का अध्यक्ष , वाणगंगा नगरपालिका ११ का अध्यक्ष वाणगंगा नगरपालिकाका वडा नम्बर ९ का सदस्यहरु, सव डिभिजन सहकारी नेपाल केन्द्रीय सदस्य कुमार मधु बेल्वासे , थारु कल्यणकारी सभाका केन्द्रीय सदस्य जञ्जीर  प्रसार थारु लगायतको विशिष्ट आतिथ्यता रहेको थियो  ! , वाणगंगा ९ भित्रका सामुदायिक वनका अध्यक्षहरुको आतिथ्यता रहेको थियो।

-नव प्रभात सहकारी संस्थाका अध्यक्ष भुवनेश्वर पौडेल , बुटवल टुटेका पत्रकार अशोक पौडेल , पत्रकार बाबुराम रायमाझी , वैखरी खबरका जिल्ला संवाददाता नबराज बेल्वासे , नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य नारायण खनाल , वाणगंगा ९ नेपाली काङ्ग्रेसका प्रतिनिधि दिनानाथ अार्चाय , नेकपा वडा ९ प्रतिनिधि विन्द्र गुरुङ लगायतको अाथितियता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकासका अध्यक्ष छवि रेस्मी मगरले कपिलवस्तु खेलकुद क्षेत्रमा प्रदेश नम्बर ५ कै उत्कृष्ट क्षेत्र रहेको बताउनु भयो !

कार्यक्रम प्रमुख अथिति विष्णु पंन्थीले खेलकुद र खेल प्रेमिहरूका लागि कपिलवस्तु जिल्ला एक नम्बर अगाडि रहेको बताउनु भयो कार्यक्रममा बोल्दै मेयर थारुले अाफु नगरपालिका बाट सक्दो सहयोग गर्न कुरा बताउनु भएको थियो । खेललाई पानसमा बर्ति बारेल र प्रमुख अथितिले मुख्य रेफ्रि प्रदिप अाचार्यलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रम क्लवका सदस्य मेघराज बिकको स्वागत मन्तव्य तथा क्लवका सह – सचिव लेखनाथ पौडेलको सञ्चालन रहेको थियो । अाज उद्घाटन खेलमा अायोजक जिनुवा र बुद्ध युवा क्लव बैजरपुर विच खेल भएको थियो ।

जसमा अायोजक जिनुवना 0 को बिरूद ६ गोलले विजय भयो । प्रतियोगिताको प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने छ । दोस्रो दिन १९ गतेको खेल पहिलो खेल पहिलो खेल चन्द्र सुर्य युवा क्लव वर्दहवा र वाणगंगा वेयरफ्यर सोसाईटी जितपुर दोस्रो खेल सनराईज युवा क्लव र साहरा युवा क्लव विच हुने अायोजकले बताएको छ !

– नवराज बेल्वासे वैखरी कपिलबस्तु

सम्बन्धित् समाचार