गृहपृष्ठ खबर त्यसपछि मैले पिउन छाडिदिएँ-गणेश पौडेल

त्यसपछि मैले पिउन छाडिदिएँ-गणेश पौडेल

प्रकाशित मिति:

त्यसपछि मैले पिउन छाडिदिएँ

– गणेश पौडेल

मैले कहिल्यै सोचेको थिईन
उसले पनि मैलेजस्तै पिउन थालीभने के होला?

बरू,
म सोच्थें
ऊ मेरि श्रीमती
ऊ मेरो घरकी पाहुना
के फरक पर्छ र उसलाई मैले पिएर आउँदा?
मैले आफ्नै पिएको छु।

एकदिन उसले पनि मैलेजस्तै पिएर आई।

उसले पिउन थालेपछि
मेरा बुढा बुबा-आमाको मुखमा माढ पर्नै छाड्यो
छोरा-छोरीले मझेरीको माटो खोस्रिएर पेट भर्न थाले
माली गाईले ढुङ्ग्रोमै लात्ती बजार्यो
खंडपलमा गौंथलीले गुँढ लगाएनन्
छरेका अानाजहरू टुसाउनै जानेनन्
फुल्न बिर्सिए बगौंचाका गुलावहरूले प्रेम
घरका भित्तामा अरिङ्गाल र माकुराले साम्राज्य जमाए

उसले पिउन थालेपछि
फुङ्ग उढ्यो मेरो जिन्दगीको रंग
हिमपहिरोले भत्काई लग्यो मेरो ईज्जतको सगरमाथा
खुशीको उमङ्गमा बादल लाग्यो
न फुले ओठमा गोदावरी
न मुस्कुरायो शीरमा चन्द्रमा

उसले पिउन थालेपछि
म म रहिन
मेरो घर घरजस्तो रहेन

उसले पिउन थालेपछि
मैले बुझेें
यो घर मेरो होईन रहेछ
यो संसार मेरो होईन रहेछ

बरू,
म उसको रहेंछु
मेरो संसार ऊ रहिछे
त्यसपछि मैले पिउन छाडिदिएँ।

सम्बन्धित् समाचार