गृहपृष्ठ खबर रानिवन युवा क्लवको आयोजनामा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने, कलाकारको नाम सहित

रानिवन युवा क्लवको आयोजनामा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने, कलाकारको नाम सहित

हिन्दुहरुको महान चाड विजयादशमिको पावन अवसरमा रानिवन युवा क्लव शितगंगा नगरपालिका ६ अर्घाखाँचीको आयोजनामा वृहत दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम कात्तिक ३ गते एकादशि तिथिका दिन शितगंगा नगरपालिका वडा ६ नं. सानाढुङ्ग्रेको खेल मैदानमा खेल हुने आयोजक क्लवले जनाएको छ ।

उक्त क्लवले स्थापनाकाल देखिनै विभिन्न चेतनामुलक, सिपमुलक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आईरहको छ । कार्यक्रममा विजय सुनाम, नेपाल आईडलको थ्रेटर राउण्डमा पुग्न सफल सुशिल आचार्य, दर्पण यात्रि, दिनेश पाण्डे, सुनिता परियार, पुस्कर सारु, खुमराज घिमिरे, सुरज पुन र शिलु मगर तथा अन्य कलाकारहरुको पनि सहभागिता रहने आयोजकले जानकारि दिएको छ । सबैजना उपस्थित भई कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजकले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित् समाचार