कपिलवस्तुको वाणगंगा ३ राजापानीमा जारी मुहान जिल्ला स्तरीय नक आउट फुटवलको फाइनलमा वाणगंगा स्पोट्र्स एण्ड वेलफेयर सोसाइटी र आयोजक मुहान एफसी भीड्ने भएका छन् ।
विहीबार भएको दोश्रो सेमिफाइनलमा बाणगंगाले सनराइज मोतिपुरलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेपछि वाणगंगा र मुहान उपाधिको लागि भीड्ने भएका हुन् । अब फाइनल भीडन्त असोज २७ गते शनिबार राजापानी खेल मैदानमा दिउँसो ३ बजे हुने छ । फाइनलमा बाणगंगााले मुहानको सामना गर्ने छ । दुवै टिम उत्तिकै शशक्त भएकाले उपाधि भीडन्त रोचक हुने अनुमान गरिएको छ ।प्रतियोगिताको फाइनल खेलमा सहभागीभई हेर्नका लागी जिल्ला फुटवल सघंका अध्यक्ष राम सेन ठकुरीले आग्रहसमेत गरेका छन ।
मुहान कपको उपाधिका लागी आयोजक मुहान र बाणगंगाा वेलफेयर भिडने


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
२७ मिनेट अघि