बाणगंगा नगरपालिकाले कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नः २ अन्र्तगत पिपरामा बजार क्षेत्रको अनुगमन गरेको छ । चाड पर्व नजिकिएसगै नगरपालिकाभित्र पर्ने मुख्य बजार क्षेत्रमा नगरपालिकाले बजार अनुगमन गरेको हो । पिपरा बजारमा रहेका पसलहरुमध्य करिव सय बढि पसलहरुमा अनुगमन गरेको नगरपालिकाले जनाएको छ । अनुगमन गरेका मध्य केही मासुपसल ब्यवस्थित रुपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकाशं पसलहरुमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले जानकारी दिए । अनुगमन गरेका पसलहरुमध्य केहीमा डिजिटल काटाको प्रयोग गर्नुपर्ने, अनीवार्य रुपमा मुल्यसुची राख्नु पर्ने निर्देशन दिइएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए । चाडपर्व नजिकिएसगै उपभोतmा नठग्गीउन भन्नका लागी अनुगमन गरिएको बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले ताए । हरेक पसललाई नगरपालिकामा दर्ता गरी ब्यवसाय सञ्चालन गर्न, मुल्यसुची राख्न, ब्यवसायीक पसलको बोर्ड राख्न, डिजिटल काटाको प्रयोग गर्न, मिठाई पसल तथा होटेलहरुले छुट्टै कोठामा भान्साको प्रयोग गरी सफा राख्नु अनुरोध गरिएको बाणगंगा नगरपालिकाका प्रवतmा पौडेलले बताए । अनुगमनमा कपिलवस्तु उद्योग बाणिज्य सघंका कोषाध्यक्ष कृष्ण गैरे, पत्रकार अशोक पौडेल, बाणगंगा नगरपालिकाका पशु सेवाका प्रमुख रुप नारायण श्रेष्ठ लगायतको अनुगमन सहभागिता रहेको थियो ।
कपिलवस्तुकाे पिपरामा बजार अनुगमन


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैइजरायली अस्पतालमा इरानको आक्रमण
३ घण्टा अघि
नेपाललाई नेदरल्याण्ड्सले दियो १७५ रनको लक्ष्य
१२ घण्टा अघि