गृहपृष्ठ जीवन शैली हृदयघात र यसबाट बच्ने उपाए जानिराखौ

हृदयघात र यसबाट बच्ने उपाए जानिराखौ

प्रकाशित मिति:

मानिसको मुटुमा तीन मुख्य रक्तनलीहरु हुन्छन । यी तीन नलीहरुको काम मुटुका मांसपेशीहरुमा रक्तसंचार गराउनु नै हो। रगतकै माध्यमबाट मुटुका मांसपेशीलाई चाहिने अक्सिजनको पूर्ति हुन्छ । मुटुले बढी काम गर्नुपर्दा रक्तनलीहरु फुलेर बढी रगत प्रवाह गरेर बढी अक्सिजनको आपूर्ति गर्दछन् ।

विभिन्न कारणहरुले गर्दा यदि रक्तनलीहरु साँघुरिन गयो र त्यो साँघुरिएको नलीमा रगत जम्न गर्ई मांसपेशीमा रक्तप्रवाह बन्द हुनपुगेमा मांसपेशीहरु मर्न गई कामै नगर्ने अवस्थामा पुग्छ । यो अवस्थालाई हार्ट अट्याक भनिन्छ ।

समयमै छिटो भन्दा छिटो उपचार गरि बन्द रक्तनली खोल्नसकिएमा मुटुको अवस्थालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ भने उपचार ढिला भएमा मांसपेशी पूर्णरुपमा मर्न गई कामै गर्न नसक्ने हुन्छ जसको कारण मानिसको मृत्यु हुन्छ।

मुटुका रक्तनलीहरु साँघुरिने प्रक्रिया बर्षौ लागेर हुने प्रक्रिया हो र साँघुरिने क्रम सानो अवस्थाबाट विस्तारै बढ्दै ठूलो रुप लिने किसिमको हुन्छ। उच्च रक्तचाप, सुगर भएका, मोटोपना बढी भएका, रगतमा बोसो कोलेष्ट्रोलको मात्रा अनियन्त्रित भएका व्यक्तिहरुमा रक्तनली साँघुरिने समस्या बढी हुन्छ।

यसका साथै मांसाहारी सेवन बढी गर्ने, तेल चिल्लो बढी खाने, सूर्तीजन्य पदार्थ सेवन गर्ने तथा बढी समय तनावमा रहने मानिसहरुमा पनि रक्तनली साँघुरिने समस्या बढी हुन्छ। अझ परिवारको नजीकको सदस्यमा कसैलाई हार्ट अट्याक भएको थियो भने त्यस्ता व्यक्तिमा पनि वंशानुगत नै साँघुरिने समस्या हुनसक्छ
लक्षण :
.एक्कासी मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने
.श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने ।

हृदयाघातका जोखिमहरू :
.समयमै हृदयाघातका जोखिमहरूको पहिचान गरी जीवनशैली परिवर्तन गरेमा हृदयाघातबाट बच्न सकिन्छ ।
. उच्च रक्तचाप
. धूमपान
. मधुमेह
. निष्क्रिय जीवनशैली
. मानसिक तनाव
. मोटोपनाउच्च
. कोलेस्टोल
. अस्वस्थ खाना ।
. आपतकालीन अवस्थाका लागि Aspirin tablet/Clopidogrel घरमा राख्ने, हृदयाघातको लक्षण देखा पर्नासाथ सो त्बदभित खाने र उपचारका लागि अस्पताल तुरुन्त जानुपर्छ ।

वास्तविक कारण :
मुटुमा रहेको धमनीमा बोसो जमेर धमनीलाई बन्द गरिदिन्छ त्यसपछि मुटुको मासंपेशीले अक्सिजन नपाई मृत्यु हुन्छ । यसलाई नै हृदयाघात भनिन्छ ।
. वंशाणु
मुटु रोग छ कि छैन भनेर पत्ता लगाउन प्रत्येक ६ महिनामा निम्न जाँच गर्नुपर्छ :
. लिपिड
. प्रोफाइल
. मुटुको गतिई
. सीजी, रक्तचापको जाँच
. इको

मुटुलाई रक्षा गर्ने खानेकुराहरू :

. जौ
. आल्मोन्ड
. साग(हरियो)
. ब्रोकाउली
. लसुन, प्याज
. चिया (कालो)
. टमाटर
. ओखर, माछा
. गाँजर
. सखरखण्ड
. थुप्रै प्रकारका गेडागुडी
. स्याउ, कालो अंगुर, अनार, मेवा, सुन्तला र अन्य फल

अपनाउनुपर्ने जीवनशैली :

. उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्ने
. तनावमुक्त जीवन जिउने
. मोटोपन घटाउन ब्यायाम तथा योगा नियमित गर्ने । कम्तीमा पनि ३० मिनेट ९बिहान र साँझ०
. चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने
. नियमित रूपमा शरीरको लिपिड परीक्षण गराउने
. नियमित रूपमा चिकित्सकको सल्लाह लिने ।

सन्तुलित आहार :

. सीमित (चिनी, मिठाइ, सेकेको वस्तु, चिल्लो, चिप्स)
. साप्ताहिक (बोसोरहित मासु, अण्डा)
. दैनिक ठिक्क मात्रामा (सिमी, केराउ, भटमासको वस्तु, माछा, ओखर, तोरीको तेल, नरिवलको तेल, जैतुन तेल, दुग्ध पदार्थ र कालो चिया)
. पटक–पटक दैनिक अन्न, गहुँको रोटी, जौ, मकै, केरा, स्याउ, अनार, खरबुजा, कालो अंगुर, बन्दा, सागपात, गाँजर, मसरुम, फर्सी, गेडागुडी, लौका, ग्रिन ब्रोकाउली, प्याज, लसुन र टमाटर ।

एक्लै हुँदा हार्टअट्याकबाट बच्ने तरिका :

. एक्लै भएका बेला हार्टअट्याकबाट बच्ने उपाय जानिराख्नुपर्छ । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनुपरिरहेको छ । हार्टअट्याकले धनी वा गरिब भन्दैन । यो रोगले उमेर पनि भन्दैन ।

. सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छु भनेर भनिहाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथै के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै जित्न सकिन्छ ।

. हार्टअट्याकले आक्रमण गर्‍यो भने मानिसहरूले यसबाट बच्न अनेक संघर्ष गर्नुपर्ने हुन्छ । यदि तपाईंलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेतको अनुभव भयो र आफू फेन्ट हुन्छु जस्तो लाग्यो भने यस बखत तपाईंसँग ह्रास गुमाउनुपूर्व जम्मा दस सेकेन्ड समय रहन्छ ।

. तर धेरै मानिसलाई आफैंले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आत्तिनु र हडबडाउनु हुँदैन । साथै आफू बेहोस हुनबाट पनि जोगिनुपर्छ । र, त्यसका लागि सकेसम्म खोकी राख्नुपर्छ ।

खोक्ने तरिका :

. खोक्नुभन्दा पहिले ठूलो सास लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाईं आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ ।

. प्रत्येक २ सेकेन्डमा नबिराईकन श्वास लिनुपर्छ र खोक्नुपर्छ । यो प्रक्रिया डाक्टर नआएसम्म वा मुटुको धड्कन नर्मल नभएसम्म जारी राख्नुपर्छ । खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ ।

. यसले तपाईंको मुटु र रगत सञ्चारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको प्रेसर अर्थात् दबाबले तपाईंको मुटुको धड्कनको गतिलाई ब्यालेन्समा ल्याउन मद्दत पुर्‍याउँछ । डाक्टर नआइपुगेन्जेलसम्मका लागि यो एकदम भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन ।

सम्बन्धित् समाचार